काठमाडौं । जिल्ला सहकारी संघ भक्तपुरको २५ औं वार्षिक साधारणबाट अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । संघको सम्पन्न २५ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । कूल १३४ मत मध्ये रायमाझीले ७१ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी गणेशमान चक्रधरले ५९ मत पाएका थिए । रायमाझी पारिजात बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् ।
संघके महिला अध्यक्षमा सहना पसखल, उपाध्यक्षमा विरेन्द्रभक्त प्रधानाङ्ग, सचिवमा रामप्रसाद कासुला, कोषाध्यक्षमा राजकुमार सिलवाल निर्वाचित भएका छन् । त्यस्तै संघको सञ्चालकहरुमा मनोज गिरी, विकास खड्का, रामचन्द्र गोसाई, सुलोचना दुवाल, नारायणप्रसाद स्वंगमिखा र सरिता थापा निर्वाचित भएका छन् । सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा पुष्कर देउजा तथा सदस्यहरुमा कृष्णमान प्रजापती र सावित्री थापा निर्वाचित भएका छन् ।
Leave a comment