हाइलाइट

बलम्बु च्याउ सहकारीको १५ औं स्थापना दिवस कार्यक्रम सम्पन्न

बलम्बु च्याउ सहकारीको १५ औं स्थापना दिवस कार्यक्रम सम्पन्न :: Sahakari Akhabar


काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाको १५ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापनाको दिवसको अवसरमा सहकारी शिक्षा शिविर, विद्यार्थीसँग सहकारी शिक्षा, बृद्धाआश्रममा भोजन दान, निःशुल्क स्वास्थ्य शिविर, पाठेघार जाँच तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । संस्थाले आयोजना गरको पाठेघर जाँच शिविरमा ६७ जनाले जाँच गराएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए ।

चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा २८ जना च्याउ उद्यमीहरुको सहभागीतामा २०६५ सालमा स्थापना भएको संस्थाले १५ बर्ष पार गर्दा समुदायमा राम्रो पहिचान बनाउन सफल भएको अध्यक्ष अमरदिप सिंह महर्जनले बताए । संस्थाले महाभुकम्प र कोभिड १९ महामारीको समयमा सदस्यको घरदैलोमा नै गएर सेवा प्रदान गरेकाले संस्थाले सदस्यको विश्वास जित्न सकेको उनको भनाइ छ।

देशमा तरलता अभाव हुँदा समेत संस्थाले प्रयाप्त तरलता व्यवस्थापन गरी बचत तथा ऋणको कारोबारलाई सहज बनाउन सकेको अध्यक्ष महर्जनले बताए । संस्थाको यस अबधिमा ३ हजार ९६० सदस्य,४ करोड २९ लाख १७ हजार शेयर पुँजी,१ करोड ५८ लाख जगेडा कोष,१ करोड ५२ लाख अन्य कोष, ५४ करोड ८१ लाख बचत संकलन र ५३ करोड ८३ लाख ऋण लगानी गरी कुल कारोबार ६७ करोड ८७ लाख पुगेको छ । नीति, विधि र प्रविधिमा आधारित भएर शुसासन कायम गर्दै  सदस्य र समुदायको विश्वासयोग्य संस्था बनाउने उद्देश्यका साथ अगाडी बढेको अध्यक्ष महर्जनले भने ।



Leave a comment