हाइलाइट

बागमती प्रदेश सहकारी संघको पाँच जिल्लामा पाँचदिने घुम्ती सम्वाद 

बागमती प्रदेश सहकारी संघको पाँच जिल्लामा पाँचदिने घुम्ती सम्वाद  :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारीका सदस्यलाई जागरण गर्ने उद्देश्यले बागमती प्रदेशका ५ वटा जिल्लामा पाँचदिने घुम्ती अनतर सम्वाद कार्यक्रम सम्पनन गरेको छ । संघले प्रत्येक जिल्लामा एक एकदिन “सहकारीको वर्तमान अवस्था र सम्भावित निकासका उपायहरु” विषयक घुम्ति अन्तर सम्वाद कार्यक्रम सम्पन्न गरेको हो ।

संघले प्रदेश भित्रका मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा कार्यक्रम संचालन गरेको थियो । वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्याको पहिचान गरि यसको न्यूनिकरण र निराकरणका लागि सहकारीका अभियन्ता, सहकारी विज्ञ र सरोकारवालाहरुसँगको छलफलबाट वर्तमानको समस्यालाई पार गर्ने उद्धेश्यले जिल्लाका संघहरुको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रदेश संघ र जिल्ला संघहरुको संयुक्त पहलमा अन्तर सम्वाद कार्यक्रम गरि जिल्लागत रुपमा उठेका विभिन्न समस्या र समाधानका उपायहरुलाई सम्बन्धीत निकायमा पुर्याउने उद्धेश्यले कार्यक्रम गरिएको सघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताए ।

फाल्गुन १९ गते शनिवार मकवानपुरको हेटौंडाबाट शुरु भएको अभियान २३ गते सिन्धुपाल्चोकको मेलम्चिमा सम्पन्न भएको छ । प्रत्येक जिल्लाका सहकारीका सदस्यहरुले संघको कार्यक्रम र गतिविधि प्रति ऐक्यवद्धता जनाएका थिए ।

कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, लेखा सुपरिवेक्षण समितिका संयोजक नेत्रराज पौडेल, महासचिव भिमप्रसाद दहाल, सचिव देवराज न्यौपाने र व्यवस्थापक रुपक घिमिरे तथा नेफ्स्कूनका निवर्तमान सिईओ प्रकाशप्रसाद पोखरेलले सहजीकरण गरेका थिए ।



Leave a comment