विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ हाटखोलामा रहेको ईश्वर साना किसान कृषि सहकारी संस्थाले आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । सहकारी विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा जेष्ठ मातापिता सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा डिल्लीरमा सेढाई, चन्द्र प्रसाद खतिवडा, दुखि सिंह कोइली र मुद्धी मियाँ रहेका छन् भने जेष्ठ सदस्य तर्फ रामचन्द्र शर्मा र मिथिलेश कुमार सिंह राजपुतलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी दिए । त्यसैगरी सहकारीले एस.इ.ई .परिक्षामा उच्चतम ग्रेड प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीतर्फ मेरिना तामाङ्ग, स्नेहा विश्वास, आयुश घिमिरे र सुगम बस्नेतलाई सम्मान गरेको छ ।
त्यसैगरी प्लस टु को परिक्षामा उच्चतम ग्रेड प्राप्त गर्ने जेसिका लुइटेल, सुप्रिया अधिकारी र आर्यन भगत, उत्कृष्ट बाल बचत कारोबारतर्फ खुसी कुमारी कामत र सुलभ बास्तोला लाई सम्मान गरेको थियो भने नियमित कारोबार तर्फ अजय साह र कमला कार्की, उत्कृष्ट ऐच्छिक बचत कारोबार तर्फ शंकर कुमार पण्डित कुम्हार, पन्नालाल मण्डल गनगाई, सिताराम कोइरी, हिमा पोखरेल र सरस्वती बस्नेत अधिकारी सम्मान गरिएको थियो भने असल ऋणी सदस्यतर्फ अरविन्द सिंह कोइरी र गीता कामत, सफल व्यवसायी सदस्यतर्फ सुरेश कुमार रिसिदेव र कृष्ण प्रसाद पौडेल, एकल महिला सदस्य मुन्ना देवी थापा , सालो कुमारी मण्डल, सीता देवी राजबंशी र मिना श्रेष्ठलाई सम्मान गरेको छ ।
सहकारीका अध्यक्ष धर्मलाल सिंह कोइरीको अध्यक्षतामा भएको कार्यक्रममा सक्रिय सदस्यतर्फ मिना भण्डारी र जानकारी थरुनी तथा लगनशिल कर्मचारीतर्फ देव कुमारी अधिकारीलाई सम्मान गरिएको थियो । फागुन २१ र २२ गते दुई दिन विविध कार्यक्रम गरेको सहकारीले पहिलो दिन सहकारी अगाडि रहेको बद्रि नारायण मार्गको संगमचोक देखि हाटखोला बसपार्क मोडसम्म सडक सरसफाई गरी टयांकरको पानीबाट धुलो नियन्त्रण गरेको थियो ।
स्थापना दिवसको अवसरमा सहकारीले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । सहकारीले सामाजिक उत्त।दायित्व अन्तर्गत विरटेश्वर वृद्धाश्रम सेवा समितिलाई १२ वटा सिलिङ्ग पंखा सहयोग गरेको छ । साथै बाल प्रतिभा प्रस्फुटनका लागि गरिएको बाल सदस्यहरुको नृत्य प्रतियोगितामा प्रथम अमिशा अधिकारी, द्धितिय रोनीका राजवंशी, तृतिय अनुस्का भगत र सान्त्वना पुरस्कार अपेक्षा कार्कीलाई प्रदान गरिएको थियो ।
विराटनगर महानगरपालिका वाडा नंं ८ का वडा अध्यक्ष राम पोखरेलको प्रमुख आतिथ्इतामा सम्पन्न कार्यक्रममा प्रदेश कृषि सहकारी संघ लि. कोशी प्रदेशका सचिव रविन्द्र आचार्य, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इटहरी शाखाका निं. शाखा प्रमुख सविन लामिछाने, बिराटेश्वर वृद्धाश्रम सेवा समितिका अध्यक्ष जगत अर्याल लगायतको सहभागिता रहेको थियो ।
२०६९ मा तत्कालिन विराटनगर उपमहानगरपालिकाको ११ नं. वडामा ४ जना महिला सदस्य र २१ जना पुरुष सदस्य गरी २५ जनाको २ लाख शेयर पुँजीबाट कोरोबार सुरु गरेको संस्थामा पौंस मसान्तसम्मा १६२३ जना शेयर सदस्य रहेका छन् । सहकारीमा १ करोड ७६ लाख भन्दा बढी शेयर पूँजी रहेको र ९ करोड भन्दा बढी ऋण लगानी रहेको सहकारीका व्यवस्थापक घिमिरेले जानकारी दिए ।
Leave a comment