विराटनगर । मोरङको रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ आंै स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने मुल नाराको साथ सद्भावले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रंगेली ७ मा २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्था ले प्रत्येक बर्ष खुल्ला रक्तदानको कार्यक्रम गर्दै आएको छ ।
सद्भाव बचत तथा ऋण सहकारी संस्थानको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि बिराटनगरको सहयोगमा सद्भावले आफ्नैे सभाहलमा रक्तदान कार्यक्रम गरेको थियोे ।
रक्तदानमा रङ्गेली नगरपालिका, सुनबर्सी नगरपालिका, धनपालथान गाउँपालिका स्थानीय ३५ जनाले रक्तदान गरेका थिए । सहकारीले विगतदेखि नै सामाजिक कामहरु गर्दै आएको र आगामी दिनहरूमा समेत यस्तो सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने संस्थाका अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले बताए ।
दृष्टिविहीन उमेश कुमार ऋषिदेवले समेत रक्तदान गर्नुको साथै गुलेश्वरी आधारभूत विद्यालयका महिला शिक्षिका अमृता कुमारी ठाकुर लगायत ५ जना महिलाले रक्तदान गरेका थिए ।
Leave a comment