हाइलाइट

बुधबारबाट बागमती साकोस समिट, सहभागीताका लागि २७५ जनाको आवेदन 

बुधबारबाट बागमती साकोस समिट, सहभागीताका लागि २७५ जनाको आवेदन  :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) ले भोलीदेखि‘बागमती साकोस समिट’ गर्दैछ । संघले समिटको को तयारी पूरा भएको जनाएको छ । दुई दिन हुने समिटमा उत्साहजनक सहभागिता रहने संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।

समिटमा बागमती प्रदेशका १३ वटै जिल्लाका सहकारीका प्रतिनिधिहरु सहभागी रहने उनले बताए । समिटमा सहभागी हुन २७५ जनाले आवेदन दिएको र त्यसभन्दा बढीलाई सहभागीता गराउन नसकिएको अध्यक्ष सापकोटाले बताए ।

पछिल्लो समयमा धेरै संस्थाको तर्फबाट सहभागिताका लागि माग गरिएको भएपनि व्यवस्थापनको कारणले सबैलाई समेट्न नसकिएको उनले प्रष्ट भने । समिटको उद्घाटन बागमती प्रदेश पर्यटन, सँस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नेछन् ।

समिटको पहिलो दिन १६ गते बुधबार ‘सहकारी सुदृढिकरणको आधार स् सहकार्य, एकता र विश्वास’शीर्षकमा प्रोस्कूनका सीइओ केशव प्रसाद दहालको प्रस्तुति रहेको छ । त्यसैगरी ‘कानुन कार्यन्वयन र अभियान शुद्धिकरणका लागि स् सहकारी एकीकरण र वर्गिकरण’ विषयमा पूर्व सचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

‘सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण स् भावी जोखिम र कार्यन्वयन रणनीति’ शीर्षकमा मुक्तिनाथ सापकोटा तथा ‘सहकारीमा सदस्य सुरक्षा स् जोखिम स्थानान्तरणका लागि बीमा’ विषयमा पोषकराज पौडेलले कार्यपत्र प्रस्तुत गर्ने छन् । त्यसैगरी दोश्रो दिन १७ गते बिहीबार ‘दक्ष जनशक्ति पलायन स् सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणका उपाय’ विषयमा प्राडा अरहन स्थापितको कार्यपत्र रहने छ ।

‘सहकारीको वर्तमान आवश्यकता स् साझा अभियानका लागि साझा सञ्जाल’ शीर्षकमा नेफ्स्कूनका सीइओ शिवजी सापकोटा, ‘प्रभावकारी सेवाका लागि स् जनशक्ति उत्पेरणा’ शीर्षकमा डा। तारा गिरी र ‘सहकारी सुशासन प्रर्वद्धनमा स् प्रविधिमैत्री कारोबार’ शीर्षकमा सिनर्जी टेकका सीइओ देवेन्द्र खड्काले कार्यपत्र पेश गर्नेछन् ।

साकोस समिटको बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत संघ सह–आयोजकको रुपमा रहेका छन् भने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड र नेफ्स्कूनको सहकार्यमा समिट हुन लागेको हो।



Leave a comment