हाइलाइट

प्रोस्कुन लुम्बिनीको सहकारीमा जोखिम मापन सम्बन्धि तीनदिने तालिम 

प्रोस्कुन लुम्बिनीको सहकारीमा जोखिम मापन सम्बन्धि तीनदिने तालिम  :: Sahakari Akhabar

काठमाडौं । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून लुम्बिनी) ले तीनदिने सहकारीमा वित्तिय जोखिम मापन र ब्यवस्थापनका रणनीतिहरु विषयक तालिम सम्पन्न गरेको छ । फागुन १२, १३ र १४ गते बुटवलमा आयोजना गरेको तालिममा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तुका १८ वटा सहकारीका ब्यवस्थापक एवं ऋण प्रमुखहरुको सहभागिता रहेको थियो।

सहभागिहरुले सहकारी संस्थाको वित्तिय विष्लेषण गरि जोखिमका क्षेत्र पहिचान र जोखिम निवारणका रणनीतिका बारेमा उपायहरुको संभावनाका बारेमा छलफल गरेका थिए । सहकारीका जोखिमका क्षेत्र पहिचान र त्यसको पूर्व रोकथाम तथा संस्थागत सजगता अपनाउदै संस्थाहरुलाई दीगो र कृयाशील बनाइ रहन तालिम उपयोगी हुने सहभागि सामुहिक विकास बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीले बताए ।

सहकारीमा पल्र्सको उपयोग भए पनि हालसम्म सतहि मात्र प्रयोग भइरहेको अवस्थामा तालिमले पल्र्सको भित्री मकसद र संस्थाको कारोवारको मसिना कुराहरु समेत केलाउन उपयोगी भएको ज्ञवालीको भनाइ छ । सहभागी नमूना महिला बचत तथा ऋण सहकारीका ब्यवस्थापक मञ्जु गोदारले तालिममा सिकेका कुरालाई ब्यवहारमा प्रयोग गर्दा संस्थाको वित्तिय स्वास्थ्यको सम्पूर्ण अवस्थाको बारेमा जानकारी प्राप्त हुने बताइन् ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी पाल्पाका सहायक ब्यवस्थापक प्रविण न्यौपानेले तालिम पछि प्राप्त औजारहरुको उपयोग गर्दा संस्थाको यथार्थ चित्रण हुने बताए । तालिम नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलले दिउका थिए ।

कार्यक्रममा प्रोस्कून लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपालले तीनदिने तालिमले सहभागिहरुलाई संस्था सञ्चालनका लागि उपयोगी औजार उपलब्ध गराउने बताए । संघका शिक्षा समिति संयोजक भरत भूसालले तालिम केवल सुन्नका लागि नभइ प्रयोगात्मक रुपमा नै विष्लेषण गरेर शीप प्राप्त गर्न आयोजना गरिएको अध्यक्ष नेपाललको भनाइ थियो ।



Leave a comment