काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमाझ सहकारी शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । मुख्य कार्यालय केन्द्रीत सदस्य शिक्षा कार्यक्रममा संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व रहेको थियो ।
कार्यक्रममा संस्थाका सचिव विकल्प पाठकले संस्थाको वर्तमान वित्तीय अवस्था, संस्थाका विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिका, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवाहरुका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै सस्थाले निर्माण गरेको बृतचित्रमार्फत संस्थाले गरेको गतिविधिलाई प्रस्तुत गरि सदस्यहरु बीच अन्तरक्रिया गरिएको थियो । सदस्यहरुले संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरुको बारेमा जिज्ञासा राखेका थिए । सदस्यहरुबाट आएको जिज्ञासालाई संस्थाका सचिव विकल्प पाठक र व्यवस्थापनले जवाफ दिएका थिए ।
गत माघ २६ गते सम्पर्क कार्यालय काँडाघारी अन्तर्गतका सदस्यहरुबीच सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम आयोजना गरिएको थियो भने संस्थाले हरेक वर्ष सदस्यहरु बीच सदस्य शिक्षा कार्यक्रम गर्दै आएको छ।
कार्यक्रममा सञ्चालक समिति, लेखा समिति सुपरीवेक्षण समितिका पदाधिकारीहरु, सल्लाहकार, उच्च व्यवस्थापनका कर्मचारीलगायतको उपस्थिती रहेको थियो । संस्थाका शाँखु, नयाँ बजार, काँडाघारी र कालिमाटीमा सेवाकेन्द्र रहेका छन् भने १२ हजार ४६१ सदस्य छन् ।
Leave a comment