ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्था र टिका भैरब नमुना कृषि सहकारी संस्था बिच संस्था एकिकरण सम्झौता सम्पन्न भएको छ । यससंगै संस्थासंग ५ वटा संस्था एकिकरण हुनेछन् । यसअघि संस्थासंग हाम्रो नमुना, हाम्रो थैली, जनजागरण र सेवक एकीकरण भई हाम्रो साकोस भएको थियो ।
दुबै संस्थाको सञ्चालक समितिको संयुक्त बैठक पछि हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाल र टिका भैरब कृषि सहकारी संस्थाका अध्यक्ष दिपक सिंह बानियाले एकीकरण सम्झौतामा हस्ताक्षर गरि सम्झौता सम्पन्न गरेका छन् ।
यो संगै हाम्रो बचत तथा ऋण सहकारीको यो पाँचौं एकिकरण भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए ।एकिकरण सम्झौता संगै संस्थामा ७ हजार ७०० सदस्य पुग्ने छन् ।
संस्थाले अब निस्कृय सदस्य घटाउने, खराब सदस्य हटाउने र समुदाय भित्र संचालन भएका संस्था मात्रै एकीकरण गर्ने नीति लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत घिमिरेले जनाए ।
Leave a comment