काठमाडौं । तीर्थ बचत तथा ऋण सहकारी संस्थाले सदस्य विस्तारित मञ्च गरि सदस्यहरु संग अन्तर्कृया तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाबाट संचालित बचत स्किम, सुनको सौगातका सम्पूर्ण विजेताहरुलाई र संस्थाको त्रैमासिक उत्कृष्ट सदस्य तथा स्वयंसेवकहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रममा नेफ्स्कूनका निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा जिल्ला सहकारी संघ काठमाण्डौंका लेखा सुपरिवेक्षण समिती सदस्य तपन पोखरेललाई बधाइ दिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अनन्त श्रेष्ठले सदस्यलाई वित्तीय शिक्षा दिएका थिए भने संस्थाका बजार प्रमुख दुर्गाप्रसाद श्रेष्ठले संस्थाको परिचय दिएका थिए ।
Leave a comment