हाइलाइट

भक्तपुर बचत संघको तरलता व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर बचत संघको तरलता व्यवस्थापन तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले तरलता व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संघले फागुन ६ गते तालिम व्यवस्थापन उपसमितिको आयोजनामा केभि लन्च, भक्तपुरमा एक दिने तरलता व्यवस्थापन तालिम सम्पन्न गरेको हो ।

३२ जना सहभागीता रहेको तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले पल्र्स प्रतिवेदनमा तरलता पुगेर मात्र नहुने भन्दै तरलताको गुणस्तर पनि हेर्नु पर्ने बताए । हाल प्रतिवेदनमा तरलता पुगेको देखिएता पनि रकम फिर्ता दिन नसकेका थुप्रै उदाहरण भएकोले अन्तर सहकारी समानान्तर कारोबार रहेको बताए ।

संघका सचालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक इन्द्रप्रसाद ब्यन्जुले सिकेको ज्ञान संस्थामा लागु गर्न र सहकर्मीहरुलाई पनि सिकाउनुपर्ने बताए । उनले सदय संस्थाहरुले ८० प्रतिशत भन्दा बढी ऋण लगानी गरे झन तरलता संकट हुने बताए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले समुदायमा आधारित सहकारी संस्थामा ऋण लगानी हुन नसक्दा अधिक तरलता भएको अवस्थामा तरलताको सहि व्यवस्थापन गरेर पनि संस्था संचालन गर्न सकिने बताए । कवि न्यौपानेले तालिमको सहजकरण गरेका थिए । उनले तरलता संकट, अधिक तरलताको व्यवस्थापन, स्प्रेडदर गणना विधिलगायतको विषयमा प्रशिक्षण दिएका थिए ।



Leave a comment