भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले भरतपुरका बिभिन्न बिद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले भरतपुर ५ को श्री कैलाशनगर माध्यामिक बिद्यालय र श्री राष्ट्रीय मावि तोरीखेत पछि फागुन ४ गते भरतपुर ६ मा रहेको श्री मावि इन्द्रपुरीका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा ९० जना विद्यार्थीको सहभागीता रहेको थियो ।
नवदुर्गा भवानी सहकारीले विद्यालय स्तरमा वित्तीय साक्षरता कार्यक्रम अभियानका रूपमा संचालन गरिरहेको र संस्थाको कार्यक्षेत्र भित्र रहेका सम्पुर्ण शिक्षण संस्थामा संचालन गरि वित्तिय साक्षरताको ज्ञान बिद्यार्थीलाई स्कुले जीवन देखिनै दिदै लैजाने संस्थाका सचिव रामकृष्ण पौडेलले बताए ।
कार्यक्रमको सभापतित्व संस्थाकी उपाध्यक्ष संझना शर्माले गरेकी थिइन् । उपाध्यक्ष शर्माले विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम उपयुत्त रहेको र समयसापेक्ष रहेको र सहकारीले यस्तो कार्यक्रमलाई शिक्षण संस्थामा संचालन गरेकोमा धन्यवाद दिइन् । कार्यक्रमले छात्र छात्रालाई निकै महत्वपुर्ण ज्ञान दिएको बताइन् । कार्यक्रममा संस्थाका व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तिय साक्षरताबारे सहजीकरण गरेका थिए ।
Leave a comment