विराटनगर । प्रदेश कृषि सहकारी संघ कोशी प्रदेशको अध्यक्षमा खगेन्द्रराज भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न प्रारम्भिक साधारण सभाले १७ सदस्य सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा भोलाकाजी बस्नेत, सचिवमा रविन्द्र आचार्य, सह–सचिवमा खेम कुमार निरौला र कोषाध्यक्षमा केशव सापकोटा निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा डागम कुमार राइ, गीता कुमारी उप्रेती , तुलसा भुजेल, कुल बहादुर श्रेष्ठ, यम बहादुर राइ, इन्दिरा निरौला, गङ्गा बहादुर राइ, धन कुमारी मगर , बिन्दा देबि राइ निर्वाचित भएका छन् ।
तीन जना सदस्य पछि सञ्चालक समितिले मनोनित गर्ने जनाईएको छ । लेखा तथा सुपरिवेक्षण समितीको संयोजकमा भुपराज लुईटेल र सदस्यमा मेघनाथ शर्मा कट्टेल, शिला राइ निर्वाचित भएका छन् ।
निर्वाचित सञ्चालक समितिलाई बधाई दिदै राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रमेश पोखरेलले सहकारी उचाईलाई माथि पुर्याउन कृषि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
पछिल्लो समय बचत तथा ऋणमा बढी समस्या देखिएपनि यसको प्रभाव कृषिमा पनि परेको बताउदै कृषि उत्पादनलाई उद्योगसग जोड्न संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा पोखरेलले जोड दिए ।
साधारण सभाको उद्घाटन सत्रलाई नेपाल कृषि सहकारी केन्द्रिय संघ लि. तथा साना किसान विकास लघुवित्त संस्था लि. का अध्यक्ष खेम बहादुर पाठक, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि. का उपाध्यक्ष मिना ढकाल, प्रदेश सहकारी संघ लि.का कोशी प्रदेश अध्यक्ष डिल्ली पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Leave a comment