हाइलाइट

सिजुवा साकोसको अध्यक्षमा काफ्ले निर्विरोध निर्वाचित

सिजुवा साकोसको अध्यक्षमा काफ्ले निर्विरोध निर्वाचित :: Sahakari Akhabar

विराटनगर । मोरङको रतुवामाईमा रहेको सिजुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा खोज बहादुर काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

सहकारीको फागुन ७ गते हुने निर्वाचनमाका लागि आवश्यक संख्याले मात्र उम्मेद्धवारी परेकाले सञ्चालक र लेखा तथा सुपरिवेक्षण समितिका सबै निर्विरोध निर्वाचित भएको  निर्वाचन समितिका संयोजक रुपनारायण मिश्रले जानकारी दिए ।

सहकारीको उपाध्यक्षमा धनबहादुर श्रेष्ठ, सचिवमा भक्तबहादुर कार्की, सह–सचिवमा षडानन्द लुईटेल र कोषाध्यक्षमा लेखनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा गंगा तामाङ लामा, गीता खतिवडा ढकाल, होमकुमारी श्रेष्ठ, शोभाकुमारी थापा र तिलक बहादुर श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका हुन ।

लेखा संयोजकमा लिलाबहादुर काफ्ले तथा सदस्य डिकबहादुर पराजुली  र गोविन्द  खड्का निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सिजुवा साकोसको तरलता १३.५७ प्रतिशत

सिजुवा बचत तथा ऋण सहकारी संस्थाको माघ मशान्तसम्मको तरलता प्रतिशत १३.५७ प्रतिशत गरेको छ । सहकारीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार १ करोड ९० हजार ६६३ रुपैया ०४ प्रतिशत गरेको छ ।

सहकारीको शेयर पूँजी १ करोड ३० लाख ८३ हजार २ सय रुपैया रहेको छ भने जगेडा कोष ५२ लाख ८५ हजार ५८६ रुपैया ७४ पैसा रहेको छ । सहकारीको अन्य कोषहरुमा ७५ हजार ८४ हजार ७८८ रुपैया ५९ पैसा रहेको छ ।

सहकारीको बचत ७ करोड ४३ लाख ४३ हजार ६३५ रुपैया ७६ पैसा रहेको छ भने सहकारीले १० करोड १६ लाख १६ हजार ७३४ रुपैया ऋण लगानी गरेको छ ।

सहकारीको संस्थागत पूँजी ६२ लाख १३ हजार ६७५ रुपैया ७२ पैसा रहेको छ भने सहकारीको कूल सम्पती १३ करोड १५ लाख ६० हजार ९०१ रुपैया ६१ पैसा रहेको छ ।

सहकारीमा २ हजार ४९ जना शेयर सदस्य रहेको सहकारीका व्यवस्थापक निलनाथ अधिकारीद्धारा हस्ताक्षरित सार्वजनिक वित्तिय विवरणमा उल्लेख गरिएको छ ।



Leave a comment