विराटनगर । मोरङको रतुवामाई नगरपालिका ८ मा रहेको इटहरा बचत तथा ऋण सहकारी संस्थाको बचत २० करोड ७६ लाख २५ हजार २८८ रुपैया रहेको छ ।
सहकारीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार माघ २९ गते सम्मको शेयर पुँजी २ करोड ३९ लाख ५२ हजार ६ सय रुपैया रहेको छ ।
त्यसैगरी जगेडा कोष २ करोड ३ लाख ४७ हजार ६३५ रुपैया रहेको छ भने ऋण लगानी २० करोड ७९ लाख ६ हजार ६०९ रुपैया रहेको छ । त्यस्तै ४ करोड २७ लाख २४ हजार ४४० रुपैया ६९ पैसा रहेको छ । अर्थात २०.५८ प्रतिशत तरलता रहेको छ ।
सहकारीको संस्थागत पूँजी २ करोड ८२ लाख ९ हजा। ७१८ रुपैया रहेको छ भने अन्य कोषहरुमा १२ लाख ४९ हजार २६२ रुपैया ६३ पैसा रहेको छ ।
सहकारीको कुल सम्पति हिसाब २६ करोड ७९ लाख ३ हजार १७१ रुपैया २६ पैसा रहेको सहकारीका व्यवस्थापक राजन घिमिरेद्धारा हस्ताक्षरित सार्वजनिक वित्तिय विवरणमा उल्लेख गरिएको छ । सहकारीमा ३ हजार ७६३ जना शेयर सदस्य रहेका छन् ।
Leave a comment