काठमाडौं । पूर्व राजदुत तथा प्रेरक वक्ता महेश दाहालले सकरात्मक सोचले मानिसलाई लक्ष्यमा पुग्न सहयोग पुर्याउने बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस अध्यक्षहरुको गोष्ठीमा ‘सकरात्मक सोच सहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी नेतृत्वमा तालिमको महत्व रहेको बताए । सहकारीमा आएको समस्या समाधानको एउटा उपाए सकरात्मक सोच भएको बताए ।
संस्थामा नेतृत्व, व्यवस्थापन र प्रशासन मुख्य भएकोले ती कुराको सही व्यवस्थापन गर्न सक्नुपर्ने उनको भनाई छ । नेतृत्व हरेक क्षेत्रमा चाहिने र नेतृत्वले आलोचना र अरुको कुरा सुन्न सक्ने क्षमता राख्नु पर्ने उनले भने ।
लिडरसिपमा सुन्न सक्ने क्षमता हुनु पर्ने र अरुको कुरा सुनेर मात्र प्रतिउत्तर दिन उनले सुझाव दिए । आफुलाई कमजोर नठान्ने र इथिक्स भन्दा बाहिर गएर कुनै काम नगर्ने व्यक्ति सफल हुने उनको भनाइ थियो ।
लिडरसिपमा बोली, विश्वास र व्यवहार पक्का हुनेपर्ने र त्यसको प्रभाव काममा देखिने उनले बताए । लिडरसिप मान र सानको विषय नभई कर्तव्य र जिम्मेवारीको विषय रहेको दाहालले जनाए ।
ज्ञान र सिपसँगै लिडरमा प्रवृति मुख्य हुने उनले बताए । लिडरमा हरेक कुराको समस्या समाधान छ भन्ने आत्मविश्वास हुनुपर्नेमा उनले जोड दिए । लिडरसिप पोजिसन नभई भिजन भएको उनले सुनाए । सहकारीका लिडरमा १० बर्षपछि कस्तो सहकारी बनाउने भन्ने भिजनका साथ काम गर्न अध्यक्षहरुलाई उनले आग्रह गरे ।
Leave a comment