रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाले सदस्यकोलागि स्वास्थ्य शिविरको आयोजना गरेको छ । रामेछाप नगरपालिका तथा रामेछाप जिल्ला अस्पतालको सह–आयोजना एवं तामाकोशी अस्पताल तथा रामेछप सर्जिकल आंखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा संस्थाले शिविर आयोजना गरेको हो ।
रामेछाप नपा, वडा नं ४ हिमगंगामा आयोजना भएको स्वास्थ्यशिविरमा २१४ जनाले सेवा लिएको व्यवस्थापक भेषबहादुर श्रेष्ठले जानकारी दिए । शिविरमा जनरल स्वास्थ्य सेवा, आँखा जाँच, दन्त परीक्षण र महिलाहरुको पाठेघर जाँच तथा उपचारको सुविधा प्रदान गरिएको उनले बताए ।
जिल्ला अस्पताल रामेछापले सो शिविरमा आवश्यक औषधीमा निस्शुल्क उपलब्ध गराएको थियो । शिविरमा ९० जनाको आँखा जाँच गरिएकोमध्ये १८ जनाको मोतियाबिन्दु अपरेशनका लागि सिफारिश गरिएको थियो ।
संस्थाले समयसयमा आफ्नो कार्यक्षेत्रभित्र रहेका सदस्यहरुलाई लक्षित गरी यस्ता शिविरको आयोजना गर्दै आएको छ । १६ हजारजना भन्दा बढी सदस्य रहेको उक्त संस्थाको कुल कारोबार १ अर्ब २७ करोड पुगेको छ । पछिल्लो समय संस्थामा बचतमा समेत वृद्धि हुँद गएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।
Leave a comment