हाइलाइट

रुपन्देही बचत संघको १८ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

रुपन्देही बचत संघको १८ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न :: Sahakari Akhabar

रुपन्देही । रुपन्देही बचत तथा ऋण सहकारी संघको १८ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । माघ २९ गते संघका अध्यक्ष बसन्तप्रसाद ढकालको अध्यक्षता, गृह तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री सन्तोषकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

स्थापना दिवसमा संघले प्रकाशन गरेको बुलेटिन विमोचन गरिएको थियो । सहकारीहरुले सामुहिक नृत्य र एकल नृत्य, प्रभात फेरीलगायतका कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेफ्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक भिमप्रसाद तुलाचन, रूस्कूनका व्यवस्थापक शर्मिला गौतम भट्टराई र कर्मचारी बिमला ज्ञवालीलाई सम्मान गरिएको थियो ।

प्रभात फेरी कार्यक्रममा प्रथम हुने नमुना महिला साकोस सेमलार, द्वितृय हुने विरगाथा साकोस बुटवल,  तृतीय हुने नारी बहुउद्देश्यीय सहकारी संस्था बुटवल र सान्त्वनामा भुमिपुत्र  साकोस सैनामैना लाई नगद एंव प्रमाणपत्र वितरण गरेको छ ।

त्यसैगरी वक्तृत्वकला कार्यक्रममा प्रथम, दितृय, तृतीय र सान्त्वना हुने छात्र छात्रालाई नगद, प्रमाणपत्र एंव ट्रफिबाट सम्मान गरेको थियो । कार्यक्रममा पत्रकार तेजेन्द्र केसी उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचन, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, सहकारी विकास बोर्डका संचालक सन्दिप सापकोटा, पत्रकार महासंघका अध्यक्ष रामराजा पोख्रेल, नेफ्स्कूनका प्रशिक्षक नविनराज दाहाल, संघका सल्लाहकारहरू प्रकाश भट्टराई, कृष्ण चौहान क्षेत्री, तिलकराम पौडेललगायत सहकारीकर्मीको उपस्थि िरहेको थियो ।



Leave a comment