बिराटनगर । मोरङको पथरी शनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २२ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ ।
बिहिवार होटल साल्पामा आयोजित कार्यक्रममा जेष्ठ शेयर सदस्य सम्मान तथा वक्तृत्वकला प्रतियोगितामा विजयी छात्र छात्राहरुलाई पुरस्कार वितरण गरेर मनाएको हो ।
उक्त पथरीशनिश्चरे २ का वडाध्यक्ष नैना राईले प्रमुख अतिथिको तर्फबाट सोहि वडा निवासी पदमबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मानित गरिएको थियो ।
सोहि क्रममा सबैभन्दा बढी शेयर सदस्य सिफारिस गर्ने स्थानीय संचारकर्मी विजय राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने एकल सेयर सदस्य महिलाहरुलाई नगद २ हजारका दरले राहत वितरण थियो ।
उत्कृष्ट कर्मचारीको रुपमा सहायक व्यवस्थापक राज निरौलालाई ५० कित्ता शेयरको प्रमाण पत्र प्रदान गरेर पुरस्कृत गरिएको सचिव महेन्द्र ढुङगानाले घोषणा गरेका थिए ।
संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागीता जनाएर प्रथम हुने न्यू पेगोडा ईङलिस बोडिङ स्कुल पथरी शनिश्चरेका (सरमन ढुङगेल, द्धितिय हुने वाल्मीकि मेमोरियल माविकी राशी कार्की, तृतिय हुने चन्द्र किरातेश्वर माविकी खुसी आङदेम्बे र सान्त्वना स्थान हासिल गर्न सफल रेडस्टार माविका छात्र (आराध्य खडकालाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी , संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थागत रुपमा सहभागिता जनाउने रेडस्टार मावि र शान्ति टोल विकास समिति पथरीशनिश्चरे २ लाई प्रदान गर्दै संस्थाको जेष्ठ सदस्यहरुलाई आजिवन भत्ता वितरण गरिएको संस्थाका व्यवस्थापक गणेश कुमार राईले बताए ।
त्यस्तै, संस्थाले आफ्ना ३६ जना जेष्ठ शेयर सदस्यहरुलाई गएको कार्तिक, मंसिर र पुस महिनासम्मको एकमुष्ट बचत रकम तथा पेन्सन भत्ताको रकम सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष धनराज राई (अमिर) को अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेन्द्र ढुङगानाले संचालन गरेका थिए ।
Leave a comment