हाइलाइट

जिल्ला बचत संघ भक्तपुरको अर्धबार्षिक समिक्षा सम्पन्न

जिल्ला बचत संघ भक्तपुरको अर्धबार्षिक समिक्षा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । माघ १९ गते केभि लन्ज, कमलविनायक, भक्तपुरमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको अध्यक्षता रहेको थियो ।

उनले संघले वर्तमान  अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता दिई सदस्य सक्षमता बृद्धि र सदस्य अनुगमनमा जोड दिइएको बताए । उनले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, स्थानीय तहसंग समन्वय र सहकार्यलाई बढाउनुपर्ने, संघको नियमित बचत र शेयर पँुजी बृद्धि गर्नुपर्ने बताए ।

संघका उपाध्यक्ष हरि बल्लले संघले दिने तालिम संस्थाको कार्यान्वयन तहमा नपुगेको संस्थाको अनुगमनमा नदेखिएकोले संघले तालिम दिएका सहभागिहरु संस्थामै कार्यरत भए नभएको समीक्षा गर्नुपर्ने बताए । सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसि क्रियाशिल हुनुपर्ने बताए ।

कोषाध्यक्ष कान्छा भक्त घजुले २०८० पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समिक्षा प्रस्तुत गरेका थिए । उनले २०८० पुष मसान्तसम्ममा गत बर्षको बासलातको तुलनामा २२ प्रतिशत बृद्धि भई कुल वासलात २ अर्ब ७२ करोड ५२ लाख  ५१ हजार र २ करोड ५ लाख नाफा गर्न सकेको बताए ।

संघका लेखा सुपरिवेक्षण संयोजक बालमुकुन्द उपाध्यायले संघको ऋण लगानीलाई बृद्धि गर्ने बताए । उनले संस्थाले सफ्वेयर मार्फत लेखा व्यवस्थापन गर्ने वर्तमान परिपक्ष्यमा स्टेशनरी विक्रिको लक्ष्य र ई बुलेटीनको जमाना भएको बुलेटीन प्रकाशनको लक्ष्य नै घटाउदै लैजानुपर्ने बताए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको सदस्यता र ऋण लगानी बृद्धिको लागि प्रभावकारी पहल गर्नुपर्ने बताए । उनले ९ प्रतिशत व्याजदमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाले मंहगो व्याजदरमा निक्षेप संकलन गर्न आवश्यक नरहेको बताए । उनले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा ऋण लगानीको क्षेत्र पहिचान गरी सुक्षित ऋण लगानीमा जोड दिनुपर्ने बताए ।

समीक्षामा संघको समिति, उपसमिति र कर्मचारी गरी ४४ जनाको उपस्थिति रहेको थियो । समिक्षाबाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सुझावहरु समेत संकलन गरेको थियो ।



Leave a comment