काठमाडौं । ललितपुरको लगनखेलमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
संस्थाले आज गोदावरी नगरपालिका टिकाभैरबमा रहेको श्री बुद्ध माध्यमिक विद्यालयका कक्षा ११ र १२ का ४५ जना विद्याथीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
संस्थाको रजत वर्षको समुदाय केन्द्रित कार्यक्रम अन्तगर्त वित्तीय साक्षरता कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक सिंह वानियाले वित्तीय चेतनाको महत्वका बारेमा बताएका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले रुपैया पैसाका ७ नियमहरु, बचत गर्ने सीपहरु, पारिवारिक बजेट निर्माण, वित्तीय प्रविधिका विषयहरुका साथै असल सहकारी पहिचान सम्बन्धि विषयहरुमा बाएका थिए ।
Leave a comment