Sahakari Akhabar

यसरी सुरु भएको थियो मकवानपुर दुग्ध उत्पादक सहकारी संघ 

यसरी सुरु भएको थियो मकवानपुर दुग्ध उत्पादक सहकारी संघ  :: Sahakari Akhabar

काठमाडौं । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ २०४७ साल भाद्र २५ गते जिल्ला स्तरको पहिलो भेलाबाट स्थापना भएको हो । यस अघि पनि दुग्ध विकास संस्थान र दुग्ध वितरण आयोजना हेटौंडाका विभिन्न स्थानहरुमा दुग्ध संकलन केन्द्रहरु थिए ।

तिनै केन्द्रहरुलाई पछि दुग्ध उत्पादक संस्थामा परिवर्तन गर्दै जाँदा सहकारी संस्था गठन भएपछि संघको आवश्यकता महसुस गरेर २०४७ सालमा तदर्थ समिति र गठन गरी २०४९ साल चैत्र २२ गते विधिवत रुपमा यो संघ गठन भएको हो ।

संघ स्थापना भएको ३० बर्ष पुगेको छ र यस संघमा जिल्लामा रहेका ६३ वटा संस्था आवद्ध रहेका छन् । संघले ६२ वटा प्रारम्भिक सहकारी संस्थाले उत्पादन गरेको दुध एउटै छानामुनिबाट विक्री वितरण गर्दै आएको संघका व्यवस्थापक दहालले बताए ।

संघले सदस्य संस्थाहरुले उत्पादन गरेको दुध विक्री वितरणमा सहजीकरण गर्दै आएको र त्यस बापत संघले एक रुपैया पनि नलिने उनको भनाई छ । नीजि क्षेत्रबाट सञ्चालित दुध उद्योग र दुग्ध विकास संस्थानलाई संघले आलोपालोमा दुध विक्री गर्ने गरेको छ ।

संघको ४२ ठाउँमा दुग्ध चिस्यान केन्द्र रहेको र ७० हजार लिटर दुध भण्डारण गर्न सक्ने क्षमता रहेको दहालले जानकारी दिए । तिनै चिस्यानकेन्द्रमा नै गएर डेरी उद्योगका ट्याङ्करले दुध संकलन गर्ने गरेका छन् । नीजि क्षेत्रलाई एउटै छानामुनीबाट दुध उपलब्ध गराए वापत उनीहरुबाट भने केही  सेवा सुविधा लिने गरेको उनले बताए ।

स्थानीय तह र प्रदेश सरकारले दुग्धजन्य उद्योग स्थापनाका लागि समेत सहयोग गरेका छन् । संघको ५ करोडको हाराहारी सम्पत्ति रहेको छ । उद्योगालाई पूर्णता दिन थप एक करोड लाग्ने अनुमान संघको छ ।

उद्योग स्थापनाका लागि शुरुमा प्लान इन्टरनेशनलले ५० प्रतिशत लागत अनुदान दिएको थियो । संघले २०५९ सालमा पहिलो चिस्यान केन्द्रको रुपमा सामरीमा स्थापना गरेको थियो ।

२०६३ पछि संघले आफ्नै घरजग्गा जोडेर काम गर्दै आएको छ । संघमा आवद्ध संस्थाका सदस्यमध्ये २०० भन्दा बढी किसानलाई संघले बिग फार्मरका रुपमा पहिचान गरेको छ । उनीहरु न्यूनतम १० देखि ५०, ६० वटासम्म गाईभैंसी पालन गर्दै आएको दहालले जानकारी दिए ।



Leave a comment