हाइलाइट

बागलुङ जिल्ला बचत संघमा चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन

बागलुङ जिल्ला बचत संघमा चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन :: Sahakari Akhabar

काठमाडौं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघको १२ औं वार्षिक साधारण सभाले चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

शनिवार बागलुङ बजारमा सम्पन्न साधारण सभाले पुनः शर्माकै अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ऋषीराम गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा गणेशवहादुर खत्री, सचिवमा अर्जुनप्रसाद कँडेल, सह–सचिवमा उत्तम वहादुर महत, कोषाध्यक्षमा लिलादेखि खड्का केसी निर्वाचित गरेको छ ।

त्यसैगरी संचालक सदस्यहरुमा चिनी थापा काला, लक्ष्मी शर्मा, सरिता किसान, थमप्रसाद शर्मा, होमनाथ अर्याल, तेजबहादुर कुँवर, हरिवहादुर भण्डारी र मुकुन्दप्रसाद शर्मा चयन भएका छन् ।

सभाले लेखा तथा सुपरीवेक्षण समितिको सदस्यमा शिवप्रसाद आचार्य र चन्द्र विश्वकर्मा चयन गरेको छ । त्यस्तै, साधारण सभाले सल्लाहाकारमा ध्रुवप्रसाद शर्मालाई समेत चयन गरेको छ ।

साधारण सभामा सचिव ऋषीराम गौतमले आर्थिक वर्ष २०७९ / ०८० को प्रगती प्रतिवेदन तथा २०८० / ०८१ को प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष लिलादेवी खड्का केसीले आर्थिक वर्ष २०७९ / ०८० को आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझिद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, बागलुङ नगरपालिका १२ का वडा अध्यक्ष कोपिलामणि शर्माको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालीका वडा नं १ का अध्यक्ष खड्कवहादुर थापा र नवनियुक्त सल्लाहाकार धुर्व प्रसाद शर्माले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नवनियुक्त अध्यक्ष शर्माले पछिल्लो समयमा जिल्लाको सहकारी अभियानमा देखिएका समस्या समाधान गरी सदस्यहरु माझ धर्मराएको विश्वासलाई पुन जागरण तर्फ लैजाने नवनियुक्त सञ्चालक समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।



Leave a comment