बिराटनगर । जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङको अध्यक्षमा पुनः माधव अधिकारीलाई भचयनएका छन् । शनिवार बिराटनगरमा भएको संघको १० औ बार्षिक साधारण सभाले अधिकारिको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा लक्ष्मणकुमार वैद्यन तथा सचिवमा हिमा मैनाली चयन भएका छन । दुबै जना यसअघि पनि उपाध्यक्ष र सचीव नै रहेका थिए ।
त्यसैगरी संचालक सदस्यहरुमा जय नारायण यादव, मंजु गौतम, आशा माझी, सन्तोष मण्डल, कृष्ण बहादुर श्रेष्ठ, चन्द्रबहादुर कार्की चयन भएका छन् ।
त्यसैगरी सभाले लेखा समिति सम्योजकमा बद्री दाहाल र सदस्यहरुमा विणा बराल तथा सूर्यनारायण माझीलाई चयन गरेको छ । शेयर पूँजी १ लाख ७५ हजार रहेको संघमा ५० लाख हाराहारीको बार्षिक कारोबार रहेको छ ।
साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले केही खराब संचालकका कारण सहकारी क्षेत्र केही समय बदनाम भएपनि सरकारले त्यस्ता ब्यक्तिलाई कारबाहीको दायरामा ल्याएको बताए । उनले आगामी दिनमा राम्रा सहकारी मात्र रहने बताए ।
कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल र नेपालको अर्थतन्त्रको विकासमा कृषि सहकारी संस्थाको भूमिकाू बिषयमा विद्यावारिधि गरेका कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेललाइ सम्मान गरेका थिए ।
साधारण सभामा सहकारी अभियन्ताहरु बिजय कुमार माझी, दिपक कर्ण, राकेस दाहाल, अमृत गुरूङ र इम्तियाज आलमको उपस्थिति रहेको थियो ।
Leave a comment