हाइलाइट

नवदुर्गा साकोसले स्कूल स्कूलमा बित्तिय साक्षरता कार्यक्रम गर्ने

नवदुर्गा साकोसले स्कूल स्कूलमा बित्तिय साक्षरता कार्यक्रम गर्ने :: Sahakari Akhabar

भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ । संस्थाले बार्षिक कार्यक्रम अनुसार माघ महिनाको आफ्नो कार्यक्रम सार्वजनिक गरेको हो ।

संस्थाको १५ औं बार्षिक साधारणसभा पछि संस्थामा बनेका सदस्यहरूलाई “सहकारी शिक्षा तथा सदस्य अभिमुखीकरण साथै नयाँ सदस्य स्वागत कार्यक्रम” गरि सदस्यलाई बित्तिय साक्षरता ज्ञान प्रदान गर्न माघ १३ गते सदस्यहरूलाई सहभागिताको लागि आह्वान समेत गरेको छ ।

त्यसैगरी स्कूल स्कूलमा नवदुर्गा भवानी वित्तिय साक्षरता कार्यक्रम आयोजनाको तयारीमा रहेको संस्थाका सचिव रामकृष्ण पैडेलले जानकारी दिए ।

भर्रखरै पढ्दै गरेका बालबालिकाको आर्थिक समुन्नतिका लागि आफु सँग भएको थोरै रकम बचत गर्दै जाँदा भविष्यमा आईपर्ने आर्थिक संकटलाई न्युनिकरण गर्न र बालबालिकाको भविष्यलाई आर्थिक रुपमा सुरक्षित कसरी बनाउन सकिन्छ अनि सहकारीको भुमिका के रहन्छ भन्ने कार्यक्रमको उद्देश्य रहेको सचिव पौडेलले बताए ।

उनले बालबालिकाको भोलीको भविष्यको रेखा कोर्न सहकारी पनि एक महत्वपुर्ण संस्था हो भन्ने कुराको ज्ञान दिने उद्देश्य पनि रहेको बताए ।

त्यसैगरी संस्थाको जागरण कार्यक्रम अन्तर्गत शेयर सदस्यको गुनासो संकलन गर्ने उद्येश्यका साथ “घरदैलो सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनले कार्यक्रम यहि माघ १५ गते देखि प्रत्येक महिना संचालन गर्ने वताए ।



Leave a comment