काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यलाई लिएर बिचार गोष्ठी गर्ने भएको छ ।
लेखक तथा सकारात्मक सोचका अभियन्ता शाक्यले आगामी माघ १३ गते शनिबार पोखरा रोयल सहकारीका सदस्य संग साक्षत्कार गर्दैछन् ।
सकारात्मक सोच, वैचारिक शुद्धता, खोज तथा अनुसन्धान, उद्यमशिलता, नवप्रवर्तन, संस्थागत आचरण, अभिप्रेरणा आदि विषयहरुमा शाक्यले सहकारीकर्मी माझ उत्प्रेरणामूलक विचारहरु साट्ने कार्यक्रम रहेको संस्थाका सूचना अधिकारी मिलन ढकालले जनाए ।
संस्थाले ‘सकारात्मक सोच र सहकारी’ विषयको एक दिने बिचार गोष्ठी आयोजना गरी सकारात्मक सोचको विकास गर्न खोजिएको ढकालले बताए । उनले कार्यक्रममा सहभागी हुन चाहनेहरुले संस्थामा नाम दर्ता गराउन समेत आग्रह गरे ।
Leave a comment