हाइलाइट

नारायणी साकोसले महिलालाई मादल बजाउने तालिम दिने

नारायणी साकोसले महिलालाई मादल बजाउने तालिम दिने :: Sahakari Akhabar

चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका महिला सदस्यलाई मादल बजाउने तालिम दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी महिला सदस्यले मादल बजाउने तालिमकालागि आवेदन दिन भनेको छ ।

सहकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत धार्मिक कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले ५० जना महिलाहरुलाई मादल बजाउने तालिम दिन लागेको संस्थाका सचिव हरिकृष्ण अधिकारीले जनाए ।

संस्थाले माघ ७ गतेदेखि १२ गते सम्म नाम दर्ता गराइसक्नुपर्ने जनाएको छ । नाम दर्ता गर्दा सदस्यले दर्ता शुल्क ५ सय र गैह्र सदस्यले १ हजार तिर्नुपर्ने जनाइएको छ । तालिम माघ १४ गतेदेखि फागुन १३ गते सम्म संचालन हुने र मादलको व्यवस्था सहभागीले नै गर्नुपर्ने व्यवस्थापक सुशील पाण्डेले जानकारी दिए ।



Leave a comment