काठमाण्डौं । नैकापमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतित्थ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका अध्यक्ष महर्जनले आर्थिक वर्ष ०७९ / ०८० को प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थामा उक्त आवमा ७ करोड ६० लाख ३८ लाख ३०० रुपैयाँ शेयर पूँजी, १ अर्व ४६ करोड २८ लाख ९५ हजार ३७२ रुपैंयाँ बचत पुगेको जनाए ।
त्यसैगरी संस्थामा १ अर्व ५३ करोड ६९ लाख ३६ हजार ४०२ रुपैंयाँ कर्जा लगानीमा रहेको जनाए । संस्थाले यस आवमा १ अर्व ७५ करोड ७४ लाख ५३ हजार १५१रुपैंयाँ कूल वासलात रहेको सभामा जानकारी दिए ।
सभामा उत्कृष्ट कारोबारी सदस्य ६ जना, १० वर्ष सेवा अवधी पुगेका कर्मचारी, २०७९ सालको एस.इ.इ मा सफल सामुदमयिक विद्यालयका ४ जना छात्रछात्रा, त्यसैगरी जेसिआइएमा आवद्ध २ जनालाई सम्मान गरेको छ ।
त्यसैगरी दृष्टि आइ केयरबाट मोतिबिन्दु छनोट र आँखा शिविर सम्पन्न गरेको छ । अध्यक्ष महर्जनले जेष्ठ सदस्यक्लव गठन गरि संस्थाका जेष्ठ सदस्यहरुलाई समन्वय एवं सकृय गरीरहेको जानकारी दिए ।
उनले महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम संचालन तथा सदस्यहरुलाई बढि भन्दा बढि सेवा सुविधाका लागि स्टार हस्पिटल, दृष्टि आइ केयर, सिजी संग सहकार्य गरी सदस्यलाई सेवा दिइरहेको जानकारी दिए । सभामा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment