हाइलाइट

आश्रय बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

आश्रय बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन संस्थाले आफ्नै भवनमा संस्थाका अध्यक्ष प्रेम कृष्ण मानन्धरको सभापतित्वमा सभा सम्पन्न गरेको हो।

सभामा बागमति प्रदेश ८ क का सभासद् शैलैन्द्र मान बज्राचार्य प्रमुख अतिथि रहेका थिए । त्यसैगरी सहकारी बिज्ञ केशब बहादुर थापा अतिथि र संस्थाका पदाधिकारी र ४३० जना सदस्यहरूको उपस्थितिमा सभा सम्पनन भएको जनाइएको छ।

सभामा संस्थाका १५ जना सदस्यहरुलाई सम्मान तथा प्रोत्साहन स्वरुप उपहार प्रदान दिइएको संस्था प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । सभामा संस्थाका अध्यक्ष मानन्धरले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले संस्थाले २ करोड ९९ लाख बाट बढेर ३ करोड २७ लाख तथा संचालन आम्दानी ५२ लाख बाट बढेर ६३ लाख पुगेको जानकारी दिए । संस्थाको बचत तथा निक्षेप दायित्व २० करोड १५ करोड ६१ लाख र कर्जा लगानी तथा सापट १६ करोड १५ करोड कायम भएको जनाए ।



Leave a comment