काठमाडौं । जिल्ला सहकारी संघ काठमाण्डौको २४औं साधारणसभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारणसभाले सुमन केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । केसी यस अघि संघमा लेखा समिति संयोजक थिए ।
त्यसैगरी संघको उपाध्यक्षमा अमरावती बलामी महर्जन, महिला उपाध्यक्षमा विष्णुकुमारी चौलागाईं, महासचिवमा बाल कुमार बास्तोला, सचिवमा सनोज भटराई र कोषाध्यक्षमा देवनारायण चौंलागाई चयन भएका छन् ।
त्यसैगरी संघको सञ्चालक समिति सदस्यमा हरिप्रसाद सापकोटा, दिपेन कुमार राई, जित बहादुर लामा तामाङ, सविना वाग्ले, कविन्द्र रिमाल, सीता घिमिरे, सागरप्रसाद बखेल, सपना अर्याल, हेम बहादुर कार्की रहेका छन् ।
संघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रविन्द्र श्रेष्ठ र सदस्यहरुमा तपन पोखरेल र अनिता पौडेल निर्वाचित भएको निर्वाचन उपसमितिका संयोजक रामचन्द्र सिंखडाले जानकारी दिए ।
Leave a comment