काठमाडौं । कैलालीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले २९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्रप्रसाद शाहको अध्यक्षतामा एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले सहकारी अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको बताउँदै सहकारीलाई उत्पादन र उत्पादकत्वसँग जोड्न सकेमात्रै सरकारले लिएको समृद्ध नेपालको संकल्प पूरा गर्न सकिने बताइन् ।
सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन, संस्थाहरु सहकारी मुल्य मान्यतामा रहेर अनुशासित हुन आवश्यक रहेको उनले बताइन ।
संस्थाका अध्यक्ष शाहले सामान्य पुँजीबाट शुरु भएको संस्थाले हाल ६ जिल्लाका ४१ सेवाकेन्द्रमार्फत २९१ कर्मचारीबाट सदस्यलाई सेवा प्रदान गरिरहेको जानकारी दिए ।
गत आर्थिक वर्ष २०७९ / ०८० मा संस्थाको कुल कारोबार ४ अर्ब ९३ करोड ७८ लाख ४२ हजार पुगेको उनले बताए । गत आर्थिक वर्षमा संस्थाले १३ करोड ३१ लाख ४२ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले शुसासनमा नरहेका सहकारीमा अहिले समस्या देखिएको भन्दै किसान बहुउद्देश्यीय सहकारी सुशासनमा रहेकोले प्रगतिको बाटोमा अघि लम्केको जनाए ।
उनले २०५२ सालमा कैलालीको लम्कीमा मुख्य कार्यालय रहने गरी स्थानीय २५ जनाले ६० हजार ३ सय शेयर पुँजीबाट स्थापना गरेको संस्थाको चुक्ता शेयर पूँजी ३१ करोड २४ लाख ५२ हजार रुपैयाँ पुगेको जानकारी दिए ।
Leave a comment