हाइलाइट

सञ्चारकर्मी सञ्चार सहकारीको १२औं साधारणसभा सम्पन्न

सञ्चारकर्मी सञ्चार सहकारीको १२औं साधारणसभा सम्पन्न :: Sahakari Akhabar

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो १२औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ । साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ताका रुपमा शेयर सदस्यह? मध्येबाट नरेन्द्रप्रसाद दाहाल र असल ऋणितर्फ अरविन्द मेहता सम्मानित भएका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगर, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना, सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारी र संस्थाका अध्यक्ष दीपक दाहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सहकारीका सञ्चालक समिति अध्यक्ष दीपक दाहालको अध्यक्षतामा आयोजित साधारणसभाले शेयर सदस्यहरुलाई ५ प्रतिशत लाभांश दिने निणर्य पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समिति अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदन र लेखा समितिका संयोजक अविनाश निधिले प्रस्तुत गरेको प्रतिवेदन समेत पारित गरेको छ ।

सञ्चारकर्मी सञ्चार सहकारीमा मोरङ जिल्ला कार्यक्षेत्र रहेका एक सय १४ जना सञ्चारकर्मीह? सदस्य रहेका छन् । सहकारीबाट सञ्चारकर्मीले नियमति बचत गर्दै आएका छन् । उनीहरुलाई गाह्रो साह्रो परेको बेला ऋण प्रवाह समेत गर्दै आएको सचिव विजयहरि खतिवडाले जानकारी दिए ।

सहकारीमा हाल करीव एक करोड रुपैयाँ पूँजी निर्माण गरेको छ । हाल ६२ लाख बढी रकम ऋण प्रवाह रहेको जनाइएको छ। सो अवसरमा उपाध्यक्ष महाप्रसाद खतिवडा, कोषाध्यक्ष धनकुमारी थापाले सहकारीलाई उचाइमा पुर्याउन नियमित वचत गर्न, समयमा नै कर्जाको किस्ता तिर्न एवं सहकारी भावना बढाउन जोड दिएका थिए ।



Leave a comment