हाइलाइट

गोल्डेन गेट सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

गोल्डेन गेट सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको सातदोवाटोमा रहेको गोल्डेन गेट बहुउद्देश्यीय सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न सभामा संस्थाका अध्यक्ष विजय श्रेष्ठले आव २०७९ / ०८० को अन्त्यमा संस्थाले लिएको लक्ष्य सबै पूरा गर्न नसकेता पनि सन्तोष जनक कारोवार गर्न सफल भएको जानकारी दिए ।

उनले संस्था सञ्चालनको १३ औं वर्षमा प्रवेश गर्दा ४१ करोड १३ लाख ५० हजार ७ सय ९१ रुपैयाँ कारोवार गर्न सफल भएको बताए । उनले आव ०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रमहरु बारे सभालाई जानकारी गराएका थिए ।

संस्थाले दिर्घकालिन कर्जालाई निरन्तरता दिई दैनिक तथा मासिक किस्ता तिर्न सक्ने आम्दानी भएका सदस्यहरूलाई प्राथमिकतामा राखि कर्जा लगानी गरिने जनाए ।

त्यसैगरी संस्थाले लगानीका नयाँ क्षेत्रहरू पहिचान गरी सुरक्षित कर्जा लगानी गर्ने र आवश्यक दक्ष जनशक्तिको परिचालन गरी असुली गर्ने योजनालाई निरन्तरता दिइने जनाए ।

संस्थाले नियमित किस्ता तथा व्याज तिर्ने ऋणी सदस्यहरूलाई पाकेको व्याज रकमको २.५ प्रतिशतसम्म छुट दिइने योजना रहेको जनाए । संस्थाले कृषी र उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी ऋण लगानी गर्ने नीति लिएको जनाए ।

संस्थाले विभिन्न वर्ग तथा समुदायका सदस्यहरुलाई लक्षित गरी नयाँनयाँ बचत योजनाहरु सञ्चालन गर्ने र निम्न र मध्यम वर्गका सदस्यहरूलाई सहकारीको पहुँच पुर्याइ संस्थाले उपलब्ध गराएका सुविधाहरूबाट लाभांवित गराउने उनले जानकारी दिए ।

संस्थाले ज्येष्ठ नागरिक बचत खाता, बाल बचत खाता, ३६५ दिने बचत खाता लगायतका बचत खाता संचालन गर्ने पनि उनले सभामा जानकारी दिए ।

संस्थाले उपलब्ध गराएको विद्युतीय माध्यमका सेवा स्मार्ट मोवाईल बैंकिङ्ग मार्फत कारोवार गर्न सदस्यहरूलाई प्रेरित गर्ने। साथै एटीएम सेवा, क्यू आर कोड सेवा निकट भविष्यमा नै सदस्यहरुलाई उपलब्ध गराउने तथा सो को लागि तयारी भईरकेको जानकारी दिए ।

उनले संस्थाका सदस्यहरूलाई सहकारी सम्वन्धि जानकारी दिने, वार्षिक सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले पारिवारिक र आर्थिक अवस्था कमजोर भएका सदस्यका छोरारछोरी लाई कार्यवीधि तयार गरी छात्रवृतिको अवसर उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने बताए ।

संस्थाले महिलालाई उद्यमी बनाउन र महिलाहरूलाई शिप मूलक तालिम दिई विभिन्न व्यवसायमा संलग्न गराउने उनले जानकारी दिए ।

त्यसैगरी आगामी दिनमा अनाथालय, विभिन्न परोपकारी संघ, संस्थाहरूलाई औचित्य र आवश्यकताको आधारमा संस्थागत सहयोग गर्ने उनले जानकारी दिए ।

कुनै कारणले सदस्यको मृत्यु भएमा संस्थाले मृतक परिवारलाई फिर्ता नलिने गरी नगद १० हजार रुपैया सहयोग गराउने जनाए ।

त्यसैगरी संस्थाले न्यून आर्थिक भएका सदस्यहरुलाई बिना ब्याज १० दश हजार देखि एक लाख रुपैयासम्म एक महीना अवधिका लागि रकम उपलब्ध गराउने जनाए । सभामा लेखा समितिका संयोजक स्वस्तिका बस्नेतले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।



Leave a comment