काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको वितिय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा २९ वटा संस्थाहरूबाट ३३ जना सहभागी थिए ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको तालिम हलमा भएको दुई दिने ऋण तालिममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले तालिमबाट सिकेको कुराहरू अरुलाई सिकाउने र संस्थामा पनि लागु गर्नुपर्ने बताए ।
उनले तालिमबाट सैद्धान्तिक र व्यवहारीक सिकाइबाट सक्षम र अबल बनाउन धेरै सहयोग गर्ने बताए । उनले वर्तमान सहकारी समस्या सहकारी ऐन नियम परिपालना नगरेका कारण आएको बताए ।
संघका कोषाध्यक्ष कान्छा भक्त धजुले तालिमबाट संस्थाहरूमा ऋण व्यवस्थापनमा सहज हुने कुरा राखे । उनले तालिमबाट विश्वका असल अभ्यास सिक्नुको साथै ऋणा वर्गीकरण गरी लगानी र लगानी भएका ऋणीहरूको समय समयमा निरिक्षण गर्नु पर्ने आवश्यकता औल्याए ।
प्रशिक्षक बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले तालिमले सहकारीलाई सही ढंगले संचालन गर्न टेवा पुर्याउने बताए ।
उनले विभिन्न प्रयोगात्मक, उदाहरण मार्फत ऋण परिचय, उद्देश्य, जोखिम व्यवस्थापन, क्षमता आधारित ऋण लगानी, ऋण मुल्याङ्कन गर्ने विधि, ऋण वर्गिकरण, भाखा नाधेको ऋण व्यवस्थापन, भाखा नाधेको ऋण अशुलीको विस्तृत जानकारी दिए ।
उनले ऋण व्यवस्थापनमा ६ सि विश्लेषण, निति नियमको पालना गनुपर्ने कुरा राख्दै जोखिमबाट मुक्त हुन नसक्ने तर न्यूनिकरण गर्नसक्ने कुरा बताए ।
दाहालले ऋण दिएर मात्र समस्याको हल नहुने त्यसको व्यवस्थापन राम्ररी गर्नुपर्ने, तमसुकमा प्रमाणीकरण गर्नुपर्ने र सहकारी अभियानमा निति अनुरूप ऋण प्रवाह गर्नुपर्ने बताए ।
संघका वित्तिय सेवा प्रवर्दन उपसमितिका सदस्य राजकुमार लघुले घन्यवाद मन्तब्य राखेका थिए भने उपसमितिका सदस्य राजाराम गोसाईले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment