हाइलाइट

राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा विद्युतीय मतदान हुने

राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा विद्युतीय मतदान हुने :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा विद्युतिय मतदान हुनेभएको छ । संघको निर्वाचन सहितको ३१औं बार्षिक साधारण सभा पुष २७ र २८ गते हुँदैछ ।

निर्वाचन सहितको अन्तिम तयारी भइरहेको संघकी महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइएन् । महासंघको संचालक समितिको अन्तिम बैठक आज (बुधबार) बसिरहेको छ ।

महासंघमा ३१८ संघ संस्था सदस्य रहेकोमा ३०६ वटा संघ संस्थाको कागजपत्र प्राप्त भएको र त्यसमा छानविन भैरहेको महाप्रबन्धक थाम्सुहाङ सुब्बाले बताइन ।

२५ पदका लागि मतदान हुने निर्वाचनमा अध्यक्ष, १ वरिष्ठ १ उपाध्यक्ष, ३ ( १ जना महिलासहित), ७ प्रदेश संचालक सदस्य, ९ खुला संचालक सदस्य र ३ केन्द्रीय संघबाट संचालक सदस्य पदका लागि निर्वाचन हुनेछ ।

महासंघको विनियममा निवर्तमान अध्यक्ष पदेन संचालक हुने व्यवस्था छ । साथै तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिको पनि निर्वाचन हुने छ । जसमा १ संयोजक र २ सदस्य रहनेछन् ।



Leave a comment