हाइलाइट

खेमबहादुर पाठकको साना किसान पुस्तक बिमोचन 

खेमबहादुर पाठकको साना किसान पुस्तक बिमोचन  :: Sahakari Akhabar

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक खेमबहादुर पाठकको जीवन संघर्षमा आधारित पुस्तक साना किसान पुस्तक बिमोचन भएको छ।

पुस्तक प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज लोकार्पण गरेका छन् । नेपाल कृषि सहकारी केन्द्रिय संघको १६ औं बार्षिक साधारण सभाको अवसरमा सभामुख घिमिरेले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

प्रकाश पाण्डेद्धारा लिखित पुस्तकमा खेमबहादुर पाठकको बाल्यकाल देखि १९ बर्षमै जुँगा नै नआएको प्रधानपञ्च हुँदा तत्कालिन पञ्चायती व्यवस्था तथा प्रसाशनको गिरफ्तारी, यातना, मार्ने आदेश, सुँगुरको खोरमा बास हुँदाका काहाली लाग्दा दिनहरु लाई पस्किएको जनाइएको छ ।

त्यसैगरी, साना किसान बिकास आयोजनालाई प्रसाशनद्वारा ठुलै अवरोध हुँदा हुँदै पनि चैनपुर, धादिङमा संचालन गर्न सफल हुदाँका संघर्ष, चैनपुर धादिङमा ग्रीन रोड जस्तो जनसहभागितामुलक बिकासको मोडेल सफलतापुर्वक सम्पन्न भएर अन्तराष्ट्रिय चर्चा बटुल्न सफल भएको कहानी पनि समेटिएको छ ।

त्यसैगरी द्वन्दकालमा साना किसान सहकारी संस्था र गरिव किसानहरुले भोग्नुपरेको भयावह अवस्था र किसानहरुलाई मुक्ति दिलाउनको लागि पटक पटक मृत्युको मुखमा पुग्नु परेको अनि साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत गरिब किसानहरुको सामाजिक आर्थिक रुपान्तरणको अहिलेसम्मको यात्रामा आएका उतार चढावहरु प्नि समेटिएको लेखकले जनाएका छन् ।

पुस्तकमा नेपाल कृषि सहकारी केन्द्रीय संघ स्थापना देखि अहिलेको अवस्थामा ल्याउन झेल्नुपरेका सकसहरु र साना किसान बिकास बैंक हुँदै साना किसान लघुवित्त वित्तीय संस्थाका उपलब्धिहरु, नेपाल कृषि सहकारी गठन गर्दा भोग्नुपरेका लामो कठिनतम तपस्या र संघका उपलब्धिहरुलाई पुस्तकले पस्किने प्रयास गरेको जनाइएको छ ।

कोभिडकालमा पाठकले भोग्नुपरेको लामो उच्चाबास, अस्पतालको सैयामा छटपटाउदाका पीडादायी पलहरु र पटक पटक मृत्युको मुखमा पुग्नु परेको भयावह दृश्यलाई पुस्तकमा समेटिएको जनाइएको छ।

पाठक साना किसान बिकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बिकास बोर्डका संचालक संचालक हुन् ।



Leave a comment