काठमाडौं । भक्तपुरमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न सभामा संस्थाका अध्यक्ष मीनबहादुर शाहीले संस्थाको आर्थिक वर्ष २०७९ / ८० को प्रगति प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष शाहीले संस्थामा २०७ जना नयाँ सदस्यहरु थप भइ २८४ जना महिला तथा ८९७ जना पुरुषगरी १ हजार १८१ जना सदस्यहरु तथा ४९४ जना बाल बचतकर्ता रहेको जनाए ।
शेयर पुँजी ३ करोड ७३ लाख २२ हजार ३०० रुपैंयाँ रहेकोमा समिक्षा अवधिको अन्त्य सम्ममा ३३ लाख ७४ हजार ३०० शेयर पूँजी थप भई कुल शेयर पुंजी ४ करोड ६ लाख ९६ हजार ६०० रुपैंयाँ पुगेको जनाए ।
त्यसैगरी संस्थाले यस आवमा २० करोड २ लाख ४७ हजार ४३७ रुपैंयाँ रहेको छ भने संस्थाले २६ करोड ७२ लाख ३७ हजार ३८४ ऋण लगानीमा रहेको जनाएको छ । संस्थाले यस आवमा खुद मुनाफा ९ लाख ५८ हजार ७३२ रुपैंयाँ गर्न सफल रहेको जनाइएको छ ।
संस्थाले शेयर सदस्यको मृत्युमा परिवारलाई काजकृया सहयोग स्वरुप १० हजार रुपैया, मातृत्व सुरक्षा खर्च बापत १ हजार ५०० रुपैंया बराबर पोषण सामग्री प्रदान गर्ने गरेको जानकारी दिए ।
सदस्यलाई गम्भिर प्रकृतिको रोग लागी औषधी उपचार गर्न नसक्ने अवस्था आई निवेदन पेश गरेमा १० हजार रुपैंयासम्म आर्थिक सहयोग गर्ने तथा सदस्य जुनसुकै कारणले दुर्घटना परि स्थायी रुपमा अशक्त हुनपुगेमा १० हजार रुपैँया सहयोग उपलब्ध गराउने गरेको अध्यक्ष शाहीले जानकारी दिए ।
त्यसैगरी संस्थाले सदस्यका छोरा छोरी एसइइ परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याई पास गरेमा नगद ५ हजार का साथै सम्मान पत्र प्रदान गरिदै आएको उनले सभामा जानकारी दिए ।
संस्थाले आगमी दिनमा बहुउद्देश्यीय सम्वन्धि कामलाई अघाडि बढाउने, समय सापेक्ष कार्य सञ्चालनमा प्रविधिमैत्री सेवाहरुको विस्तार गर्दे लैजाने र चार बर्षिय रणनितिक कार्य योजना बनाई लागू गर्ने बताए ।
महिला तथा बालबालिका केन्द्रित कार्यक्रमहरु संचालन गर्ने, सदस्यहरुलाई उद्यशिलता, सिपविकास तालिम प्रदान गर्ने, स्थानीय पालिका, संघ संस्थाहरुसंग समन्वय गरी स्वास्थ्य, वातावरण तथा सरसफाई सम्वन्धित कार्यक्रममा संचालन गर्ने सभामा जानकारी दिए ।
Leave a comment