काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’ कार्यक्रम गरेको छ।
सदस्यहरुलाई संस्थाप्रति थप अपनत्वको भावना विकास गर्ने उद्देश्यकासाथ अझै गुणस्तरीय, विश्वसनीय र विस्तारित सेवा प्रदान गर्न कार्यक्रम गरिएको जनाइएको छ । शुक्रबार संस्थाको शिक्षा उप–समितिको संयोजन तथा सेवा केन्द्र काँडाघारिको आयोजनामा कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख वक्ता सञ्चारकर्मी नरेश भट्टराईले सदस्यहरुसँग प्रत्यक्ष रुपमा जोडिएर कारोबार गर्ने सहकारीमा समस्या नआउने बताए । उनले जेष्ट आइडियोलोजी सहकारीले सदस्य हितमा गरेका गतिविधिबाट आफू प्रभावित भएको र सदस्य पनि बन्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा संस्थाका सचिव बाबुराम आचार्यले कार्यक्रमको उद्देश्य, दिगो संस्था निमार्णमा सदस्य शिक्षाको भूमिका र महत्वको बारेमा जानकारी गराए ।
संस्थाका व्यवस्थापक आरती श्रेष्ठले जेष्ट आइडियोलोजी सहकारी संस्थाको वर्तमान अवस्था, संस्थाले प्रदान गरिरहेको सेवा सुविधा, वित्तीय साक्षरता, सहकारीमा प्रविधिको प्रयोग, सहकारीमा सदस्यहरुको भूमिका जस्ता विषयमा जानकारी दिइन ।
संस्थाका अध्यक्ष हेमबहादुर कार्कीको संयोजनमा भएको कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार समिति, विभिन्न उपसमिति तथा सदस्य गरी ४ सय जनाको सहभागीता रहेको थियो ।
संस्थाले हरेक सेवाकेन्द्र तथा मुख्य कार्यालयबाट विभिन्न समयमा सदस्यसंग संस्थाजस्ता सदस्य भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा जेष्ट आइडियोलोजी सहकारीमा आबद्ध सदस्यहरूद्वारा उत्पादित घरेलु सामाग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।
प्रदर्शनीमा शिलतारा मसला उद्योगद्वारा उत्पादित सामाग्री, वायाङ डेरी उद्योगद्वारा उत्पादित सामाग्री, निस ट्रेडिङ कम्पनीद्वारा उत्पादित सामाग्री, पिस स्पोर्ट हाउसद्वारा उत्पादित सामाग्री र नबिना श्रेष्ठद्वारा उत्पादित हस्तकला सामाग्री राखिएको थियो ।
Leave a comment