हाइलाइट

बुडोल सामुदायिक साकोसको रजत महोत्सवमा विविध कार्यक्रमको घोषणा

बुडोल सामुदायिक साकोसको रजत महोत्सवमा विविध कार्यक्रमको घोषणा :: Sahakari Akhabar

काठमाडौं । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था २५ वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरी रजत बर्ष मनाउने भएको छ ।

संस्थाले यस अवसरमा सदस्यलाई तिर्थाटन, निवन्ध लेखन प्रतियोगीता, अचार बनाउने तालिम, सेल्फ मेकअप तालिम र स्मारिका प्रकाशन गर्ने भएको हो । संस्थाले सूचना प्रकाशन गरि सवै कार्यक्रमको लागि नाम दर्ता गराउन भनेको छ।

संस्थाले संस्थामा आबद्ध ६० वर्ष उमेर पूरा भएका ११० जना ज्येष्ठ सदस्यहरुलाई सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका वडा नं ६ मा रहेको गौराती भिमसेन मन्दिर दर्शन गराउने भएको छ । इच्छुक ज्येष्ठ सदस्यहरुले पुष २९ गते भित्र नाम दर्ता गराउन अनुरोध गरेको छ ।

त्यसैगरी संस्थाले अचार बनाउने तालिम आयोना गर्ने भएको छ । संस्थाले तालिम लिन चाहने सदस्यलाई नाम दर्ता गराउन भनेको छ ।

संस्थामा आबद्ध महिला सदस्यहरुमा अचार बनाउने सीप अभिवृद्धि गरी आय आर्जन बढाउन सहयोग गर्ने उद्देश्यले २ दुईदिने अचार बनाउने तालिम आयोजना गर्ने भएको हो । ईच्छुक महिला सदस्यहरुलाई पुष २५ गते भित्र नाम दर्ता गराउन अनुरोध गरेको छ ।

तालिम पश्चात गुणस्तरीय अचार बनाउने सहभागीहरुको अचारको बजारीकरणको लागि र व्यावसायिक रुपमा अचार उत्पादन गर्न ईच्छुक सदस्यहरुलाई स्वरोजगार ऋण सहुलियत कर्जाको ब्यवस्था पनि गर्ने जनाएको छ ।

त्यसैगरी संस्थाको रजत वर्षको अवसरमा सेल्फ मेकअप तालिम पनि संचालन गर्नेभएको छ । संस्थामा आबद्ध महिला सदस्यहरुमा श्रृङ्गार सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले संस्थाको महिला तथा सामाजिक सांस्कृतिक उपसमितिको आयोजना र व्युटि जोन कस्मेटिक, बनेपाको प्राविधिक सहयोगमा उक्त तालिम संचालन गर्नेभएको हो ।

संस्थामा आवद्ध ईच्छुक महिला सदस्यहरुले पुष २० गते भित्र नाम दर्ता गराइसक्नुपर्ने जनाएको छ । तालिम पुष २३ गतेदेखि २७ गतेसम्म संचालन हुने जनाएको छ । त्यसैगरी संस्थाले सहकारी सम्वन्धि लेख रचना आव्हान गरेको छ ।

संस्था २५औं वर्षमा प्रवेश गरेको सन्दर्भमा हुने रजत महोत्सवको अवसरमा “बुसा रजत स्मारिका प्रकाशन गर्न लागेकोले उक्त स्मारिकामा संस्थामा आबद्ध सदस्यहरुबाट रचना गरिएका सहकारीसंग सम्बन्धित उत्कृष्ट लेख रचनालाई समावेश गरिने जनाएको छ ।

ईच्छुक सदस्यले पुष मसान्तभित्र आफ्नो लेख रचना प्रकाशनकोलागि पठाइसक्नु पर्ने जनाएको छ । त्यसैगरी संस्थाले निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ ।

संस्थाले काभ्रे जिल्लाभित्र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुमा सहकारी प्रतिको अध्ययन, बुझाई र ज्ञान अभिवृद्धि गराउने निबन्ध लेखन प्रतियोगिता गर्ने भएको हो ।

संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा गर्ने भएकोले जिल्लाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुष २५ गते भित्र नाम दर्ता गराउन अनुरोध गरेको छ ।



Leave a comment