हाइलाइट

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल :: Sahakari Akhabar


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदनमाथि सरोकारवालासंग छलफल गरेको छ । छलफलमा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम पनि गरेको थियो।

आइतबार गरिएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुखअतिथि ढकालले कार्यदलको प्रतिवेदन अभियानको साझा सम्पत्ती भएको भन्दै साझा धारणा बनाउने काम भक्तपुर जिल्ला बचत संघले गरेकोमा र नेफ्स्कूनले पनि प्रतिवेदनका बारेमा साझा धाराणा निर्माण गरी कार्यान्वयनमा लान पहलकदमी गर्ने बताए ।

भक्तपुर जिल्लामा तुलनात्मक रुपमा सहकारीमा कममात्र समस्या देखिनुमा बचत संघको भुमिका महत्वपुर्ण रहेको उनको भनाय थियो । सहकारी शुशासन र सुढिकरणमा सम्झौता गर्न नसक्ने कुरा बताउदै अभियानका मुद्दाहरु प्राथमिकताका आधारमा समाधान गर्दै लाने उनले बताए ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पछिल्लो समयमा सहकारी क्षेत्रमा कतिपय बाह्रय र आन्तरिक कारणले संकटहरु देखापरेको बताए ।

सहकारी क्षेत्रमा देखा परेको सैद्धान्तिक विचलनका कारणले यस क्षेत्रको कार्यगत, व्यवहारगत र संरचनागत सुधारको आवश्यकता रहेकोले नेपाल सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० गठन गरिएको बताए ।

उनले प्रतिवेदनमा उल्लेखित सहकारी सुधारका तल्काल, अल्पकालिन, दिर्धकालिन सुधार, कार्यगत सुधार, जनशक्ति सुधार, कार्यदलको निष्कर्ष लगायतका विषयमा प्रस्तुती गरेको थिए ।

संघका उपाध्यक्ष एवं उपसमितिका संयोजक हरि बल्लले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको प्रतिवेदनको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संघले नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई बधाई ज्ञापन गरेको थियो । कार्यक्रममा प्रस्तुत प्रस्तुतीमा अन्तरक्रिया र सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन समेत गरेको थियो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकरीको पाँचौ सिद्धान्त शिक्षा, तालिम र सूचना बमोमिज कार्यदलको प्रतिवेदन सदस्य संस्थालाई सुसूचित गराएको बताए ।

उनले सहकारी सुधारको लागि अभियानले दिएको सुझावहरु पनि कार्यान्वयन गर्दै लानुपर्ने बताए । कार्यक्रममा १४९ जनाको उपस्थित रहेको थियो ।



Leave a comment