शुसाशनयुक्त सहकारी साना किसान कृषि सहकारी रघुनाथपुर, धनुषा

शुसाशनयुक्त सहकारी साना किसान कृषि सहकारी रघुनाथपुर, धनुषा :: Sahakari Akhabar

काठमाडौं । सवैला नगरपालिका १२ रघुनाथपुर धनुषामा रहेको साना किसान कृषि सहकारी संस्था शुसाशनयुक्त सहकारीका नाममा परिचित छ ।

संस्थाले शेयर सदस्यहरुको आर्थिक सामाजिक र सामुदायिक उन्नतिका लागि सहकारी मूल्य मान्यता र सिद्धान्तरमा रही दिगो अनि भरपर्दो सेवा प्रदान गरेर शुसाशनयुक्त सहकारी संस्थाको पहिचान बनाएको हो ।

संस्थाले हाल सबैला नगरपालिका भरी र गणेशमान चारनाथ नगरपालिका वाडा न ९, १० र ११ लाई कार्यक्षेत्र बनाई सेवा प्रदान गरिरहेको छ ।

संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचत ऋणका साथै पशुधन सुरक्षण, वित्तिय मध्यस्थता तथा किसानहरुलाई आवश्यक पर्ने मलखाद, बिऊ, बिजन उपलब्ध गराउनुका साथै सदस्यको उत्पादनलाई बजार व्यवस्थापन र उचित मूल्य प्रदान गर्न लागिपरेको संस्थाका अध्यक्ष हेमप्रसाद राउत बताउँछन् ।

संस्थाले सदस्यको उत्पादनलाई सिधै उपभोक्तासंग पुर्याइ बिचौलियाको अन्त्य गर्न कृषि क्षेत्रको मूल्य श्रृखंलाको व्यवस्थापनमा प्रमुख भुमिका खेलेको अध्यक्ष राउतको भनाइ छ ।

गरीब, दलित, आदिवासी, जनजाती, निसहाय, सुकुम्बासी किसानहरुलाई लक्षित गरी रोजगारी, शिक्षा, तालिमजस्ता कार्यक्रमहरुमा जोडेर लगेको छ ।

संस्थाले सदस्यलाई बचत गर्ने बानीको विकास मात्र गरेको छैन, साना किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने र किसानहरुले उत्पादन गरेको वस्तुहरुलाई बजारसम्म पुर्याउने व्यवस्था पनि गरेको उनको भनाई छ ।

संस्थामा ३ हजार ८३३ जना महिला, ११० जना पुरुष गरि जम्मा ३ हजार ९४३ जना शेयर सदस्यहरु र पुरुष समुह २५ महिला समुह ८७२ वटा गरि जम्मा ८९७ वटा समुह रहेको संस्थाका मुख्य प्रवन्धक दिपनारायण पूर्वेले जानकारी दिए ।

संस्थाले गत आर्थिक वर्षमा २ हजार २६१ जना शेयर सदस्यहरुमा ग्रामिण उद्यम कर्जा, कृषि कर्जा, पशुपालन कर्जा, स्वच्छ वातावरणीय कर्जा, शैक्षिक कर्जा, स्वालम्बन कर्जा, कृषि उद्यम व्यवसायिक कर्जा दिइरहेको मुख्य प्रवन्धक पूर्वेको भनाई छ ।

संस्थाले ३९ करोड ९ लाख ३२ हजार ऋण लगानी गरेको र यस आर्थिक वर्षमा ३ करोड ७९ लाख ६ हजार शेयर पूँजी संकलन गरेको जनाए ।

संस्थामा कुल निक्षेप १९ करोड ९९ लाख २ हजार रहेको छ भने यस आर्थिक वर्षमा ९ करोड ८२ लाख १३ हजार जगेडा कोषमा रहेको मुख्य प्रवन्धक पूर्वेको भनाई छ ।

सदस्यलाई उद्यमी बनाउने कर्जा

लघु कर्जा, कृषि कर्जा, सामुहिक दायित्व कर्जा, व्यवसायिक कर्जा, शैक्षिक कर्जा,  नविकरण ऊर्जा,(सोलार, गोवर ग्यास) कर्जा, पशुपालन मासुजन्य र दुग्ध जन्य कर्जा, ब्यवसायिक तरकारी खेती कर्जा, स्वावलम्बन कर्जा, ग्रामिण कृषि उद्यम कर्जा, सुनौलो भविष्य कर्जा शेयर सदस्य बिमा सापटीलगायतका कर्जाले सदस्यलाई उद्यमी बन्न महत्वपूर्ण भूमिका खेलेको छ ।

वित्तिय बाहेक संस्थाका सेवाहरु

धान प्रशोधन उद्योग, कृषि सहकारी पसल, रसायनिक मल बिक्रि वितरण, पशुधन सुरक्षण कार्यक्रम, बिऊ बिजन बिक्री वितरण, मृत्यु राहत कोष, शेयर सदस्य बिमा कार्यक्रम, संस्था अनुसरण जस्ता कार्यक्रम संचालन गरेर सदस्यको अभिभावक बनेको छ ।

तालिम गोष्ठी तथा भ्रमण अवलोकन

संस्थाले सदस्यसंग पैसाको कारोबार मात्र गर्दैन । सदस्यहरुको क्षमता वृद्धि गर्न सहकारी सम्बन्धी ज्ञान दिएर सहकार्य गर्न, स्वरोजगार बन्न र ब्यवसायीक बन्न सिपमुलक तालिम प्रदान गर्ने गरेको छ । समय समयमा विभिन्न तालिम गोष्ठी संचालन गरी सदस्य, संचालक तथा कर्मचारीहरुलाई दक्ष बनाएको छ ।

संस्थाले अन्तर समुह सुदृढिकरण तथा वित्तिय साक्षरता तालिम, पशुधन सुरक्षण तथा पशु व्यवस्थापन सम्बन्धी तालिम, सुनौलो भविष्य कर्जा र समृद्धि कर्जा सम्बन्धी गोष्ठी, वित्तिय साक्षरता तथा व्यवसायिक ज्ञानका तालिमहरु संचालन गरिसकेको छ ।

सामाजिक सामुदायिक कार्यक्रम

शेयर सदस्य ममता देवीलाई नश्ल सुधार कार्यक्रम अन्तरर्गत बंगुरको नश्ल सुधार गर्नको लागि साना किसान विकास लघुवित्त वित्तिय संस्थाको सहयोगमा २५ हजार अनुदान उपलब्ध गराएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७ / ०७८ मा संघिय सरकार कृषि तथा पशु विकास मन्त्रालयबाट सवैला नगरपालिका मार्फत धान प्रशोधन उद्योग स्थापनाका लागि ५० लाख अनुदान त्यस्तै आव २०७९ / ०८० मा निर्माणाधिन उक्त उद्योगलाई पूर्ण रुपमा संचालन गर्नको लागि संघिय सरकार कृषि तथा पशु विकास मन्त्रालयबाट सवैला नगरपालिका द्वारा धान कुट्ने मेसिन ५० लाख आनुदान लिएको छ ।

त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई कार्यालय, धनुषा, जनकपुरधामबाट १७ लाख गरी हाल सम्म कुल १ करोड १७ लाख अनुदान पाएको छ । उन्नत जातको ब्याड बीर बंगुर खरिद गर्न २५ हजार प्रदान ९ वटा समान प्रकृतिको साना किसान कृषि सहकारी संस्था अनुसरण तथा व्यवस्थापन हस्तान्तरण सम्पन्न ।

त्यस्तै प्रधानमन्त्री कृषि तथा आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई कार्यालय, धनुषाको आव २०७९र०८० को “कष्टम हाईरिङ्ग सेन्टर स्थापनाको लागि १० लाख अनुदान र यस संस्थाको लगानी १० लाख गरी २० लाख लगानी गरेको छ। संस्थासंग अहिले ट्रयाक्टर, रोटाभेटर, थ्रेसर र कल्टी फार गरी ४ थान कृषि औजार संचालनमा छन् ।

संस्थाको भौतिक संरचना

संस्थाको आफ्नै दुई तले पक्की भवनबाट सदस्यहरुलाई सेवा दिइरहेको छ । आव २०७७ / ०७८ मा प्रस्तावित राईस मिल उद्योग स्थापना सम्पन्न हुने अवस्था रहेको र सो उद्योग आ।व।२०८० / ०८१ माघ महिना सम्ममा संचालनमा ल्याउने योजना रहेको छ । संस्थाले सदस्यहरुको उत्पादन खरिद गरी बजारीकरण गर्ने योजना राखेको छ ।

पुरस्कार तथा सम्मान

संस्थाले २०६६ सालमा डिभिजन सहकारी कार्यालय जनकपुरबाट उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी संस्थाले साना किसान विकास लघुवित्त वित्तिय संस्थाबाट उत्कृष्ट सहकारी पुरस्कार २०६९ असारमा प्राप्त गरेको छ ।

त्यसैगरी संस्थाले नेपाल कृषि सहकारी केन्द्रीय संघबाट उत्कृष्ट सहकारी पुरस्कार २०६९ पुषमा प्राप्त गरेको थियो । साना किसान विकास लघुवित्त वित्तिय संस्थाबाट २०७२ साल फागुनमा पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ भने राष्ट्रिय सहकारी महासंघले २०७३ असारमा उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरेको छ ।

संस्थालाई साना किसान विकास लघुवित्त वित्तिय संस्थाबाट ल्यापटप सहयोग गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयबाट ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा २०७५ साल चैतमा २ लाख नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी संस्थालाई २०७६ सालमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशबाट कम्प्युटर, प्रिन्टर, युपिएस अनुदान प्रदान गरिएको थियो भने २०७७ चैतमा सोही मन्त्रालयले उत्कृष्ट सहकारीका रुपमा पुरस्कार प्रदान गरेको छ ।

संस्थालाई देशभरका साना किसान कृषि सहकारी संस्थाहरु मध्ये कार्य सम्पादन मूल्याकंनमा आव २०७८ / ०७९ मा उत्कृष्ठ संस्थाको रुपमा साना किसान विकास लघुवित्त वित्तिय संस्थाको २१औं वार्षिकोत्सव कार्यक्रममा ६० साठी हजार नगद प्रदान गरिएको छ ।

संस्थाले आव २०७८ / ०७९ को कार्यसम्पादन मूल्याकंनमा ईलाका स्तरबाट उत्कृष्ट भएकोमा साना किसान विकास लघुवित्त वित्तिय संस्था ईलाका कार्यालय, बर्दिवासबाट २० हजार सहित उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै नेपाल कृषि सहकारी केन्द्रीय संघबाट २०६८ पुष २७ गते संस्थका संस्था प्रबन्धक दिपनारायाण पूर्वेलाई सम्मान गरेको छ । साना किसान बिकास लघुवित्त वित्तिय संस्थाबाट २०७१ असार २२ गते असल व्यवस्थापकको रुपमा यस संस्था प्रबन्धक दीपनारायण पूर्वेलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघको एघारौं साधारण सभाको अवसरमा २०७५ साल माघ १७ गते कदरपत्र र नगद सहित संस्था सम्मानीत भएको छ ।

संस्थाका भावी कार्यक्रम

संस्थाले तीन वर्षीय व्यवसायिक योजना बनाइ कार्यक्रम संचालन गर्ने र अगामी दिनमा शेयर सदस्यहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउन अरु बैंक तथा वित्तिय संस्थाभन्दा सहुलियत र गुणस्तरिय वित्तिय सेवा तथा गैर वित्तिय सेवा प्रदान गर्ने जनाएको छ ।

सदस्यहरुलाई उद्यमसिल बनाउन र रोजगारीको अवसर सिर्जना गर्न संस्थागत स्तरमा कृषिमा आधारित विभिन्न उधोग कल कारखाना र व्यवसाय संचालन गर्ने तयारी गरेको छ ।

सदस्यहरुलाई सिप तालिमको माध्यमबाट आर्थिक तथा सामाजिक विकासका कार्यक्रम गर्ने । आगामी दिनमा राईस मिल सञ्चालन गर्ने, किसानहरुले उत्पादन गरेको वस्तुहरुलाई बजार सम्म पुर्याउने संस्थाका भावी योजना रहेका छन् ।



Leave a comment