हाइलाइट

जिल्ला सहकारी संघको ३१ औं साधारण सभा सम्पन्न ६ प्रतिशत लाभांस दिने

जिल्ला सहकारी संघको ३१ औं साधारण सभा सम्पन्न ६ प्रतिशत लाभांस दिने :: Sahakari Akhabar

विराटनगर । जिल्ला सहकारी सघ लि.मोरङले आफ्नो ३१ औं बार्षिक साधारणसभा शुक्रबार विराटनगरमा सम्पन्न गरेको छ ।साधारण सभामा संघका अध्यक्ष डिल्ली पोखरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार संघको शेयर पूँजी ३८  लाख ५१ हजार ७०० रुपैया रहेको छ भने बचत २ करोड १६ लाख ७२ हजार ६६६ रुपैया ०१ पैसा रहेको छ । संघको ऋण लगानी  २ करोड १६ लाख १३ हजार ६९१ रुपैया ८३ पैसा रहेको छ ।

संघले जिल्ला बहुउदेश्यीय सहकारी संघसँग २० लाख रुपैया ऋण लिएको छ ।  संघमा मासिक बचतमा सहभागि प्रारम्भिक सहकारी संस्था ७२ वटा रहेका छन् भने तरलता कोष बचतमा  सहभागि प्रारम्भिक सहकारी संस्था २० वटा रहेका छन् ।

साधारण बभचमा सहभागि प्रारम्भिक सहकारी संस्था ३८९ वटा रहेका छन् ।  संघको जगेडा कोष तथा अन्य कोषमा १ करोड ०३ लाख ३७ हजार ४४० रुपैया ८८ पैसा रहेको छ । सघले आफ्ना सदस्य प्रारम्भिक सहकारीहरुलाई ६ प्रतिशत लाभांस वितरण गरिने प्रतिवेदनमा उल्लेख छ ।

संघले आगामी आर्थिक बर्षमा दोस्रो महिला सहकारी गोष्ठी २०८१ आयोजना गर्ने, सहकारी स्मारिका प्रकाशन गर्ने, सहकारी संघ  संस्थाका लागि आवश्यक पर्ने विभिन्न सामाग्रीहरुको छपाई तथा प्रकाशन गर्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

संघका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा भर्खरै सम्पन्न नेफ्स्कूनको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक समितिमा निर्वाचित लक्ष्मी सापकोटा र नेपाल मौरी पालन केन्द्रिय सहकारी संघमा अध्यक्षको जिम्मेवारी पाउने जानुका कार्की थापालाई स्वागत तथा सम्मान गरेको छ ।

साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा विनियमन पुर्नलेखनसम्वन्धी प्रस्ताव पारित गरेको छ ।



Leave a comment