काठमाडौं । किसान वचत तथा ऋण सहकारी संस्थाले व्यवस्थापन उपसमितिलाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको छ । पौष १४ र १५ गते दुईदिन आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिमलाई नेफ्स्कूनको प्राविधीक सहयोग रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा कार्यक्रम संस्थाका सचिव सरस्वती कंडेलले संचालन गरेकी थिइन् । कार्यक्रममा नेफ्स्कूनमा सञ्चालकमा निर्वाचित संस्थाका पूर्व अध्यक्ष गोपाल प्रसाद गौतम र उपाध्यक्ष शान्ती अधिकारीलाई वधाई एवं सम्मान गरिएको थियो ।
पहिलो दिन संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेले संस्थाको वित्तीय अवस्था, ऋण लगानीको विधी प्रकृया, समूह संरचना कार्यक्रमको महत्व औचित्यता र प्रगतीका वारेमा जानकारी गराएका थिए ।
उनले सेवाकेन्द्र व्यवस्थापन उपसमितीको काम, कर्तव्य अधिकारका वारेमा समेत पनि जानकारी गराएका थिए । यसैगरी नेफस्कूनका प्रशिक्षक रविन्द्र श्रेष्ठललगायतले प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा सञ्चालक समिती, विभिन्न उपसमिती, सेवाकेन्द्र व्यवस्थापन उपसमिती र सेवाकेन्द्रमा गठीत अन्य उपसमिती सहित व्यवस्थापनको टिम सहीत १७० जनाको सहभागीता रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले जानकारी दिए ।
Leave a comment