विराटनगर । मोरङको उर्लाबारी ७ पशुपति मार्गमा अवस्थित दियालो कृषि सहकारी संस्थाले आफ्नो १० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परिक्षणको प्रतिवेदन पारित गरिएको छ । सभामा प्रस्तुत प्रगति प्रतिवेदनका अनुसार सहकारीले आर्थिक बर्ष ०७९÷८० मा १७ लाख ३५ हजार आठ सय ५६ नाफा कमाउन सफल भएको छ ।
सहकारीमा ९५ लाख ८३ हजार ४ सय रुपैया शेयर पुँजी रहेको छ भने ६ करोड ५७ लाख ५६ हजार ऋण लगानी रहेको जनाइएको छ । उर्लाबारी नगरपालिका कार्यक्षेत्र भएको सो सहकारीमा १ हजार ६ सय ५९ शेयर सदस्य रहेका छन् ।
संस्थाका अध्यक्ष सचिन शाक्यले पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दापनि नाफा कमाउने उद्देश्यतिर केन्द्रित भएको बताए । अध्यक्ष शाक्यले दियालो कृषि सहकारीलाई त्यस्ता प्रवृतिबाट टाढै राख्ने विश्वास व्यक्त गरे ।
दियालो कृषि सहकारीले शेयर सदस्यको हितका लागि काम गर्दै सबैलाई व्यवसायिक बन्न उत्प्रेरित गरेको उनको भनाई थियो। सहकारीले कृषि र व्यवसायिक क्षेत्रमा ऋण लगानी गर्दै आएको व्यवस्थापक संदीप पौडेलले जानकारी दिए । उनले कृषकलाई लक्षित गर्दै सो सहकारीले विक्री केन्द्र संचालन गरी सहुलियत दरमा मल बिक्री वितरण गर्दै आएको बताए ।
Leave a comment