विराटनगर । बिराटनगर दक्षिणी क्षेत्रका १७ सहकारीहरुले इलाका प्रहरी कार्यालय रानीलाई फर्निचर सामाग्री सहयोग गरेका छन् । संस्थाहरुको तर्फबाट इलाका प्रहरी कार्यलय रानीलाई बैठक कक्षको लागि फर्निचर हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमको आयोजना गरी फर्निचरका सामाग्री हस्तान्तरण गरिएको कृपालक्ष्मि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमृत गुरुङले जानकारी दिए । उनका अनुसार बैठक कक्षको लागि २ लाख बराबरको राउन्ड टेबुल र कुर्सीहरु सहयोग गरिएको हो ।
दक्षिणी भेगका सौगात बचत तथा ऋण सहकारी संस्था लि.ले २५ हजार, लाभान्वित बचत तथा ऋण सहकारी संस्था लि.ले २१ हजार, कृपालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले २० हजार, पैंचोपैंचो बचत तथा ऋण सहकारी संस्था लि.ले १५ हजार १ सय, मित्र बचत तथा ऋण सहकारी संस्था लि.ले १५ हजार, सामाजिक बचत तथा ऋण सहकारी संस्था लि.ले ११ हजार १ सय, सम्झौता बचत तथा ऋण सहकारी संस्था लि.ले ११ हजार १ सय, बृहत बचत तथा ऋण सहकारी संस्था लि.ले १० हजार ५ सय रुपैया सहयोग गरेका छन् ।
त्यसैगरी आर्थिक बचत तथा ऋण सहकारी संस्था लि.ले १० हजार १ सय, जागरुक बचत तथा ऋण सहकारी संस्था लि.ले १० हजार, सामान्य बचत तथा ऋण सहकारी संस्था लि.ले १० हजार, जिवन सुधार बचत तथा ऋण सहकारी संस्था लि.ले १० हजार, सुसमृद्धि बचत तथा ऋण सहकारी संस्था लि.ले ७ हजार १ सय, दैनिक बचत तथा ऋण सहकारी संस्था लि.ले ५ हजार २५० रुपैया, रानी महिला बचत तथा ऋण सहकारी संस्था लि. ले ५ हजार १ सय, प्रभु बचत तथा ऋण सहकारी संस्था लि.ले ५ हजार १ सय, सुनिस्चित बचत तथा ऋण सहकारी ५ हजार रुपैया सहयोग गरेका छन् ।
सहकारीको सामाजिक उत्तरदायित्व काम अन्तर्गत सहकारीहरुले सामुहिक रुपमा सहयोग गरेको जनाईएको छ । एउटा संस्थाले मात्र धेरै रकम सहयोग गर्न नसक्ने हुँदा सामुहिक रुपमा सहयोग गर्दा सहयोग पाउनेको पनि आवश्यकता पूर्ति हुने उदेश्यले सामुहिक रुपमा सहयोग गरिएको जिल्ला सहकारी संघ मोरङ कोषाध्यक्ष समेत रहेका गुरुङले जानकारी दिए ।
Leave a comment