काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को यही पौष ७ र ८ गते हुने निर्वाचन सहितको ३२औं साधारणसभामा संचालक समितिको सदस्य पदमा नवराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् ।
विगत डेढ दशकदेखि बर्दियाको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा सकृयरुपमा रहेका न्यौपाने आगामी दिनमा पनि कर्तव्यनिष्ठ भई यही क्षेत्रमानै ईमानदारीपूर्वक समर्पित भएर लागीपर्ने प्रतिबद्धता गरेका छन् ।
साकोस अभियानलाई थप सुधार गर्दै समय अनुकुल प्रभावकारी बनाउन र नविनतम सोचका साथ योगदान दिन र नेतृत्व परिवर्तन रुपान्तरण गर्नको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
Leave a comment