हाइलाइट

नेफ्स्कूनको संचालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने

नेफ्स्कूनको संचालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने :: Sahakari Akhabar

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को संचालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।पौड्याल रुपन्देहीको तिलोत्तमा–१५ कोटहवामा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन

विगत १९ वर्षदेखि सहकारीमा अनभव बटुलेकी पौड्याल पहुँच बचत तथा ऋण सहकारी संस्था र एकीकरणपछि जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी छन् । नेफ्स्कूनको ३२औँ निर्वाचन सहितको साधारणसभा पुस ७ र ८ गते काठमाडौंमा हुँदैछ ।

पैड्यालले सहकारी क्षेत्रबाट नेफ्स्कून उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार २०७५, सुप्रबल जनसेवाश्री मानपदवी (२०७९), नेपाल सरकार, जनसेवा मानपदवी पुरस्कार (२०७३) प्राप्त गरेकी छन् । उनी आइसीए–एसिया एण्ड प्यासिफिक कमिटी अन वुमको सदस्य, स्थिरीकरण कोष संचालन समिति सदस्य र प्रदेश बचत तथा ऋण सहकारी संघमा आवद्ध छिन् ।

पौड्यालले भारत, मलेसिया, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड, सिंगापुर, अमेरिका, अष्ट्रेलिया, स्वीजरल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, स्वीडेन तथा जर्मनीका सहकारीरुको अध्ययन तथा भ्रमण गरेकी छन् ।

साकोस ऐन नियमावलीको लागि आवश्यक पैरवी र पहल गर्न, ऋण असुली न्यायाधिकरण, सूचना केन्द्र र ऋण सुरक्षण व्यवस्था, स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन गरी सदस्यहरुलाई बचत सुरक्षणको प्रत्याभूति दिन,संस्था सञ्चालकहरुलाई सुरक्षित संस्थाको रुपमा आश्वस्त बनाउन, स्वनियमनमार्फत सुशासन प्रबद्र्धन, साकोस अभियानमा सुशासनको अक्षरस पालना गराउन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।

त्यस्तै अभियान सुधारका लागि अभियानकर्मीहरुको ऐक्यद्धतामा सुसम्बन्ध स्थापना गर्न, साकोस तथा नेफ्स्कूनको छविलाई अझै उच्च र सम्मानजनक बनाउन, साकोस अभियानको संस्कृति स्थापना गर्न, साकोसको समस्या र चुनौतीलाई लिएर नीतिगत बहस पैरबि गर्न, साकोस सहजीकरण को पुनःसंरचनामा आवश्यक नीतिगत पैरवी गर्न ।

त्यसैगरी दीगो सञ्जाल व्यवस्थापन ढाँचा विकास गर्न, सबै सदस्य साकोसहरुलाई आवश्यकता पहिचान गरी तालिम तालिम तथा शिक्षाको व्यवस्था गर्न, उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्न सदस्यहरुको व्यवस्थापन सहजीकरणमार्फत अविभावकत्व, प्राविधिक रुपमा सञ्जालीकरण र न्यूनलागतका स्रोतहरु बचत तथा ऋण सहकारीहरुमार्फत परिचालन गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । 



Leave a comment