काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले कृष्ण बहादुर गौतमको अध्यक्षतामा उन्नाईस सदस्यीय सञ्चालक समिति र नारायण प्रसाद सापकोटाको संयोजकमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ
संस्थाले शनिबार ३० औं बार्षिक साधारण सभाको निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो । संस्थाले आफ्नो नवनिर्मित भवन पनि उद्घाटन गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतित्थ्यता तथा सभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि कंडेलले सहकारी सुशासनमा सञ्चालन हुनुपर्ने र बैंकले भन्दा बढी सेवा दिनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेत, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद फुयाल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का लगायतको सहभागीता रहेको थियो ।
Leave a comment