हाइलाइट

लेटाङ साकोसको स्थापना दिवसमा सदस्यहरुलाई सम्मान

लेटाङ साकोसको स्थापना दिवसमा सदस्यहरुलाई सम्मान :: Sahakari Akhabar

विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीको शुक्रबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

सहकारीका अध्यक्ष गोपाल वारकोटिको अध्यक्षता तथा लेटाङ नगरपालिकाका मेयर भूपेन्द्र लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट शेयर कारोबार गर्ने ४ जना, उत्कृष्ट मासिक बचत गर्ने ४ जना, उत्कृष्ट ऐच्छिक बचत गर्ने  ४ जना, उत्कृष्ट दैनिक बचत गर्ने ४ जना, उत्कृष्ट बालबचत गर्ने ४ जना, उत्कृष्ट कृषि  तथा पशुपालन पुरस्कार २ जना, उत्कृष्ट उद्यमी पुरस्कार २ जना, उत्कृष्ट ऋण कारोबार गर्ने ४ जना, ८ कक्षामा समुदाय टपर २ जना, एसईईमा टपर २ जना,  प्लस टु टपर २ जना, स्नातक  टपर २ जना, पिएचडी गर्ने २ जना, उत्कृष्ट पूर्व सञ्चालक १ जना र उत्कृष्ट कर्मचारी १ जना गरी ४० जनालाई सम्मान गरेको छ ।

उनीहरुलाई सस्थाका अध्यक्ष वारकोटी, प्रमुख अतिथि लावती र जिल्ला बचत संघका अध्यक्ष प्रेमप्रकाश कोईरालाले दोसल्लाह ओडाएर प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लेटाङ नगरपालिकाका मेयर भूपेन्द्र लावतीले सहकारीमा संकट देखिरहेको अवस्थामा सदस्यहरुको मन जितेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सदस्य केन्द्रित सहकारीमा कहिले  पनि समस्या नआउने बताउँदै सन्तुष्ट सदस्य सक्षम साकोसको अवधारणालाई आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

लावतीले सेवा केन्द्र खोल्नमा कडाई गर्नुपर्ने बताउँदै आयातित संस्थाको आफू विरोधी नभई त्आयातित संस्थाको भन्दा आफ्नो घर अगाडिको संस्थाको बढी विश्वास हुने बताए । सुरुमै आकर्षण सेवा सुविधा भन्दा सहकारी सदस्यको हितको पक्षमा छ की छैन भन्ने कुराको ख्याल गर्नुपर्ने उनले भनाई छ ।

उनले टोल नै पिच्छे सहकारी आवश्यक नभएको बताउँदै एउटै प्रकृतिका सहकारीहरु एकै ठाउँमा आएर नमुना सहकारीको रुपमा सञ्चालन हुनुपर्ने बताए । नगरपालिकाले सहकारीको अनुगमन गरिरहेको र अनुगमनबाट आएको रिपोर्टबारे कार्यपालिका बैठकमा छलफल हुने बताए।

उनले भने, “सहकारीमा देखिएका समस्या समाधानको लागि केही समय दिन्छौं, सुधारका लागि अनुरोध गर्छौं । समयमा सुधार नभए खारेज गर्ने निति नगरपालिकाको  रहेकाले सहकारीको नियम अनुसार सञ्चालन गर्न अनुरोध गर्छु” ।

त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेम प्रकाश कोईरालाले सदस्य केन्द्रित सहकारी सँधै उत्कृष्ट हुने बताए । सहकारीको निति नियम, विधि विधानमा चलेका कुनै पनि सहकारीमा समस्या नआएको उनको तर्क छ ।

सहकारीमा समस्या भन्दा प्रचार धेरै भएका कारण सहकारीप्रति धेरैको नकारात्मक धारणा देखिएको बताउँदै सहकारीका सकारात्मक कुराहरुको प्रचार कम भएको बताए ।

कार्यक्रममा सहभागिहरुलाई सहकारीकी उपाध्यक्ष कमलादेवी ढकालले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव नरेन्द्रराज घिमिरेले गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु लगायत सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

स्थापना दिवसको अवसरमा सहकारीले शुक्रबार विहान रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २८ जनाबाट २८ प्रिन्ट रगत संकलन भएको सहकारीका व्यवस्थापक सिताराम न्यौपानेले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम

सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रम गरेर आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । साकोसले मंसिर २२ गते नयाँ सदस्य स्वागत तथा परिचय कार्यक्रम र साकोसका जिम्मेवार सदस्यहरुको लागि विस्तारित मञ्च कार्यक्रमको आयोजना गरेर सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको थियो ।

सप्ताहव्यापी कार्यक्रममा साकोसले मंसिर २३ गते बालबालिकासग लेटाङ साकोस कार्यक्रम सम्पन्न गरेको थियो । समुदाय भित्रका ११३ जना ७ देखि १३ बर्षसम्मका बालबालिका सहित सस्थाका सन्चालक समिति, लेखा समिति, बिभिन्न उपसमिति र कर्मचारी गरि १३७ जनाको सहभागिता रहेको कार्यक्रममा बालबालिकालाइ बिभिन्न मनोरञ्जन र खेलकुदमा सहभागि गराएर र प्रोत्साहन स्वरुप पुरस्कृत गरेको थियो ।

त्यस्तै यस मंसिर २५ गते ज्योति आधारभुत विद्यालय, लेटाङ –७ सिमानामा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न गरेको थियो ।  विद्यालयको कक्षा ५ सम्मका ४० जना विद्यार्थी नानीहरुलाइ न्यानो कपडा बितरण कार्यक्रममा सस्थाका सन्चालक समिति, लेखा समिति, बिभिन्न उपसमिति , कर्मचारी , विद्यालय परिवार,  जन प्रतिनीधि तथा स्थानिय अग्रज गरि ९८ जनाको सहभागिता रहेको थियो ।

त्यसैगरी सहकारीले मंसिर २६ गते लेटाङ बजार मेन रोडमा सरसफाइ तथा सचेतनाका होडिङ बोर्डहरु टास्ने कार्यक्रम सम्पन्न गरेको थियो ।  कार्यक्रममा सस्थाका सन्चालक समिति, लेखा समिति, बिभिन्न उपसमिति , कर्मचारी , जन प्रतिनीधि तथा स्थानिय अग्रज गरि २८ जनाको सकृय सहभागिता रहेको थियो ।

कार्यक्रमलाइ थप सफल र ब्यवस्थित बनाउन लेटाङ नगरपालिकाबाट नगर प्रहरी, मदन भण्डारि राजमार्ग निर्माण दलका लेटाङ क्षेत्र इन्चार्ज छत्रमणि नेपालबाट १ ठुलो ट्यान्कर पानी तथा लेटाङ बजारका सफल ब्यावसायि तथा यस साकोसका सदश्य शंकर वारकोटीबाट सम्पुर्ण सहभगिहरुलाइ जुस उपलब्ध गराइ सहयोग गरेका थिए ।

साकोसले मंसिर २७ गते सेवा कार्यालय खेरुवामा नयाँ सदस्य स्वागत तथा परिचय कार्यक्रम सम्पन्न गरेको थियो । संस्थाका अध्यक्ष  गोपाल वारकोटिको अध्यक्षतामा संचालन भएको कार्यक्रममा लेटाङ– ५ का वडाध्यक्ष भुम सुर्य मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष टिका प्रसाद राइ तथा संस्थाका सल्लाहकार मित्र प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नया सदस्यहरु ५८ जना र संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहकार , बिभिन्न उपसमिति र कर्मचारि गरि ८२ जनाको सक्रिय सहभागिता रहेको थियो ।

मसिर २८ गते ७० बर्ष र ८४ बर्षका जेष्ठ  सदस्यहरुलाई सम्मान गर्नुका साथै निबन्ध लेखन कार्यक्रमको आयोजना गरेको थियो । निबन्ध लेखनमा ग्यालेक्सी एकेडेमीकी सामना लिम्बु प्रथम, भोगटेनी माविकी सलोमी लिम्बु द्धितिय, शान्ति भगवती माविकी कृति अधिकारी तृतिय र महाभारत माविकी जिना राई सान्त्वना भएकी छिन् । उनीहरुले २९ गतेको स्थापना दिवसमा पुरस्कार वितरण गरिएको छ ।

लेटाङ साकोस उत्तरी मोरङको लेटाङमा २०५० सालमा ४० जना अग्रज व्यक्तित्वहरुको सामुहिक प्रयासबाट स्थापित नगरको उत्कृष्ट र सक्षम एवं राष्ट्रिय पहिचान बनाउन सफल साकोस हो ।

प्रोवेशन ब्राण्ड प्राप्त लेटाङको एक मात्र सहकारी संस्था पनि लेटाङ साकोस हो । सहकारीले मोबाइल बैंकिङ तथा ए.टि.एम सेवा सहितको सेवा रहेको प्रविधिमैत्री सहकारी पनि रहेको छ भने यही आर्थिक बर्षमा ए.टि.एम. मेशिन सञ्चालन गर्ने तयारीमा रहेको छ ।



Leave a comment