हाइलाइट

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न ।

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न । :: Sahakari Akhabar

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंसिर ३० गते संघले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको हलमा सभा गरेको हो ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता र राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष मित्रराज दवाडीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि दवाडीले पर्यटनको विकासमा सहकारीले रचनात्मक रुपमा सहयोग पुर्याउने भएको हुनाले पर्यटन र सहकारीलाई सँगसँगै लानुपर्ने बताए । उनले संघसँग सहकार्य गरेर कार्यक्रम गर्नका लागि बोर्ड तयार रहेको बताए ।

संघका अध्यक्ष घिमिरेले संघलाई सक्रिय बनाई निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने, संघको कार्यक्षेत्र व्यापक भएकाले विभिन्न निकायहरुसँग समन्वय गरि सबैको अपनत्व हुनेगरि संघलाई अगाडि बढाउन लागिपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सभाका सांसद ज्ञान बहादुर तामाङ, विकास विज्ञ लोकराज भट्टराई, पर्यटन विज्ञ विकेश श्रेष्ठ र राम पट्टेल, बागमती प्रदेश सहकारी संघका उपाध्यक्ष सीता ढकाल तथा व्यवस्थापक रुपक घिमिरे साथै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईंको आतिथ्यता रहेको थियो । कार्यक्रम संघका महासचिव देवराज पराजुलीले सञ्चालन गरेका थिए ।



Leave a comment